कञ्चनपुर : जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा दोस्रो दिनको खेल सम्पन्न हुँदा सम्म शुक्लाफाँटा नगरपालिका अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।

शुक्रबार कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजनामा र शुक्लाफाँटा नगरपालिकाको सह-आयोजनामा सञ्चालन भएको जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका ८ स्वर्ण, ४ रजत, ३ कांस्य सहित १५ पदक साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको हो।
दोस्रो स्थानमा बेदकोट नगरपालिका ३ स्वर्ण, ३ रजत र १ कांस्य सहित ७ पदक साथ दोस्रो स्थानमा रहेको छ भने र कृष्णपुर नगरपालिका १ स्वर्ण, ३ रजत, कांस्य १ सहित ५ पदक साथ तेस्रो स्थानमा रहेको छ। भीमदत्त नगरपालिका १ स्वर्ण, २ रजत, ३ कांस्य सहित ६ पदक, बेलौरी नगरपालिका १ स्वर्ण, २ रजत सहित ३ पदक, पुनर्वास नगरपालिका १ रजत ३ कांस्य सहित ४ पदक, दोधारा चाँदनी नगरपालिका ४ कांस्य पदक हात पारेको छ।भने बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका पदक बिहिन अवस्थामा दोस्रो दिनको अंक तालिकामा देखिएका छन्। अन्य विभिन्न विधाका खेल भोलि हुनेछन्।

छनौट प्रतियोगिताका सम्पुर्ण खेलहरु भोलि फागुन १८ गते सम्पन्न हुनेछन् । फागुन १६ देखि सञ्चालन भएको जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्ग शिल्डको समापन एक कार्यक्रमका साथ हुने कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले बताउनु भयो।
पदक तालिका:
