फ्लोरिडाको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न 

कञ्चनपुर : फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग माध्यमिक विद्यालयले आफ्नो २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । भीनपा –१८, जानकीटोलमा रहेको फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा २४ वसन्त पार गरेको छ । यहाँका विद्यार्थीले यो अवधिमा उच्च शिक्षा हासिल गर्नुको साथै देशका उच्च तह सरकारी र गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्नुको साथै व्यापार व्यवसाय र विदेशी भूमिमा कार्य गरिरहेका छन् । लामो समय देखि शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिदैँ आएको फ्लोरिडा ईन्टरनेशनल बोडिङ्ग माध्यमिक विद्यालय कञ्चनपुरकै अव्बल दर्जाको विद्यालयहरूमा पर्दछ ।

समाजसेवी, शिक्षा प्रेमी तथा राजनीतिज्ञ पूर्व मन्त्री स्व.प्रतापराम लोहारले गरिब अनाथ बालबालिकाहरुलाई सहजरूपमा शिक्षा हासिल गरुन् भन्ने उद्देश्यले सञ्चालनमा ल्याएको विद्यालयमा हाल कक्षा नसरी देखि १२ सम्म १ हजार छात्र, छात्राले शिक्षा हासिल गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक जयराज ओझाले ‘विद्यार्थीहरूको गुणस्तरीय शिक्षालाई ध्यानमा राखी विद्यालयमा शिक्षाको साथै खेलकुद, मनोरञ्जन र अतिरिक्त कार्यक्रम सञ्चालन’ गरिदै आएको बताए । २४औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सचेत अभिभावक, उत्कृष्ट शिक्षक र कर्मचारीहरूलाई सम्मान गर्नुका साथै प्रमाण पत्र वितरण गरिएको थियो ।

सोही अवसरमा विद्यालयका विद्यार्थीहरूले आफ्नो कला प्रर्दशन गर्नुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । २४औ वार्षिकोत्सव तथा अभिभावक दिवसको सभापतित्व विद्यालय सञ्चालिका दुरी देवी लुहारले गर्नु भएको थियो कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जोशी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका मञ्जु पनेरुले गर्नु भएको थियो ।

ताजा समाचार