कञ्चनपुर : १२ फागुनदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा छिमेकी मुलुक भारतीय व्यापार मण्डलका पदाधिकारीहरुले समेत अवलोकन गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा संचलन भईरहेको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको भारत उत्तराखण्ड व्यापार मण्डलका पदाधिकारीहरुले अवलोकन गरेका हुन । शनिबार भारतीय उद्योगी व्यवसायीहरुले मेला अवलोकन गरेको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ । वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नेपालको महोत्सव भारतीय उद्यमी, व्यवसायीहरुले समेत महोत्वका साथ अवलोकन गरेको बताए ।

महोत्सवकै दिन उत्तराखडका पर्यटन मन्त्री सतपाल महाराज जी आफै उपस्थिति भएपछि भारतीय व्यवसायी दर्शकले समेत मेला अवलोकन गरिरहेका छन । महोत्सव अवलोकन गर्दै उत्तराखण्ड व्यापार मण्डलका अध्यक्ष नविनचन्द्र बर्माले छिमेकी नेपालमा संचालन भएको महोत्सवबाट नेपाल भारतको थप व्यापारदेखि कला संस्कृति प्रर्बद्धनमा जोडदिए । उनले भारत उत्तराखण्ड र नेपाल सुदूरपश्चिमको सस्कृति समान प्रकृतिको भएकाले यसले दुवै देशका प्रदेशको आन्तरिक व्यापारदेखि संस्कृति प्रर्बद्धनमा जोडदिए । महोत्सव अवलोकन गरेपछि स्थानीय उत्पादन देखेर भारतीय उद्यमी व्यवसायीले नेपाली बस्तु तथा सेवाको बजार प्रर्बद्धन आवश्यक रहेको औल्याए । उनीहरुलाई संघले मायाको चिनो सहित सम्मान गरेको छ । ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिका आधार’ भन्ने मुल नाराका साथ वाणिज्य संघले यस पटक १६ औैँ संस्कर अन्तरगत महोत्सव संचालन भईरहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले ०५७, ०६२, ०६५, ०६६, ०६७, ०६८, ०६९, ०७०, ०७२, ०७३, ०७४, ०७५, ०७६, ०७९, ०८० र अहिले ०८१ मा १६ औँ संस्करमा महोत्सव आयोजना गरेको बताए । महासचिव बोहराले दश दिनसम्म संचालन हुने महोत्सवमा स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन भईरहेका छन । सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन छुट्टै ‘थारु गाँउ’ रहेको छ । स्थानीय तथा राष्ट्रिय कलाबारबाट समेत विवित साँस्कृतिक कला प्रस्तुत भईरहेको छ । स्थानीय कलाकार सरस्वती जिसीले उद्घोषण गरिरहेकी छिन । कञ्चनपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष चेतराज जोशीले महोत्सवले जिल्लाभरीकै करोडौँका कारोबार हुने बताए । महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत ५० र सर्वसाधारणका लागि एकसय रुपैया तोकिएको छ ।

