नवदुर्गा भवानी मन्दिरमा ज्ञान यज्ञ शुरु

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका १६बसन्तपुरमा रहेको नवदुर्गा भवानी मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु भएको छ । कलसयात्रा सहित शनिबारदेखि नवदुर्गा भवानी मन्दिरमा श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु भएको हो । मन्दिरको बृद्धि विकासदेखि धार्मिक संस्कृति प्रर्बद्धनका लागि महायज्ञ संचालन गरेको आयोजकले जनाएको छ । भीमदत्त नगरका उपप्रमुख निलम लेखकले यज्ञको उद्घाटन गर्दै समाजिक हितका लागि यज्ञ संचालनमा जोडदिईन ।
भीमदत्त नगरपालिका १६का वडाध्यक्ष केशव विष्टले यज्ञ संचालनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिएका छन । यज्ञ मुल आयोजक समितिका संयोजक सुरेन्द्र विष्टको अध्यक्षतामा शुरु भएको कार्यक्रमको संचालन शिक्षा क्षेत्रका अगुवा अमराज भट्टले गरेका थिए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधी सहितका धार्मिक गुरुहरुको सहभागिता रहेको थियो । ज्ञान महायज्ञ एक साता संचालन हुनेछ ।

ताजा समाचार