कञ्चनपुर: जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा पहिलो दिनको खेल सम्पन्न हुँदा सम्म शुक्लाफाँटा नगरपालिका अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।

शुक्रबार देखि कञ्चनपुर जिल्ला खेलकुद समिति कञ्चनपुरको आयोजनामा र शुक्लाफाँटा नगरपालिकाको सह-आयोजनामा सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट खेलकुद प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका ५ स्वर्ण, २ रजत र २ कांस्य सहित ९ पदक साथ अंक तालिकाको शिर्ष स्थानमा रहेको हो।
दोस्रो स्थानमा बेदकोट नगरपालिका २ स्वर्ण, २ रजत र १ कांस्य सहित ५ पदक साथ दोस्रो स्थानमा रहेको छ भने र कृष्णपुर नगरपालिका १ स्वर्ण, २ रजत सहित ३ पदक साथ तेस्रो स्थानमा रहेको छ। भीमदत्त नगरपालिका १ रजत, २ कांस्य सहित ३ पदक दोधारा चाँदनी नगरपालिका २ कांस्य, बेलौरी नगरपालिका १ रजत पदक र पुनर्वास नगरपालिका १ रजत २ कांस्य सहित ३ पदक हात पारेको छ। भने बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका पदक बिहिन अवस्थामा पहिलो दिनको अंक तालिकामा देखिएका छन्। अन्य विभिन्न विधाका खेल भोलि हुनेछन्।
अंक तालिका:
