शान्ति निकेतन माविको ५५औँ बार्षिकोत्सव शैक्षिक गुणस्तरमा जोड

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ६ऐठपुरमा रहेको शान्ति निकेतन माध्यामिक विद्यालयको ५५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । बिहीबार एक कार्यक्रमका विद्यालयले बार्षिकोत्सव मनाउँदै विद्यालयले शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएका छन । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि भईरहेको बताए ।

प्रअ ओझाले शैक्षिक गुणस्तर बृद्धिकै कारण विद्यार्थीको आर्कषण बढिरहेको दावि गरेका छन । प्रमुख अतिथि समेत रहेका सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले विद्यालयले शैक्षिक गुणस्तर बृद्धिमा कुनै कसर बाँकी नराख्नुपर्ने बताउँदै विद्यालयको बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोगको अपेक्षा राखेका छन । कार्यक्रममा पुर्व अध्यक्षहरु क्रमस कर्ण बहादुर चन्द, परमल साउद, हरक सिह धामी, स्व. महेन्द्रखडकालाई सम्मान गरिएको छ ।

यस्तै सोही विद्यालयकी पुर्व छात्रा हाल छात्रबृतिमा एमबिबिएस अध्ययनरत आस्था ओझालाई सम्मान गरिएको छ । ओझा कक्षा १देखि १०सम्म सोही विद्यालयमा अध्ययनरत थिईन । यस्तै अन्र्तराष्ट्रिय कर्बडी प्रशिक्षक रमेशचन्द्र ओझा, राष्ट्रिय रेफ्री जनक भट्ट, खेलाडी शुशिल लुहार, निरज चन्दलाई सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार