दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एकल महिलाहरुलाई सोडा साबुन बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने एक महिलाहरुलाई आत्मनिर्भर बनाउन सोडा साबुन बनाउने तालिम अन्तर्गत ५ दिने झोल साबुन र डल्ले साबुन तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । सोडा साबुन बनाउने तालिमका लागि मात्रै नभएर एकल महिलाहरु आत्मनिर्भर हुनका लागि पनि आयोजना गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभयो । वडाध्यक्ष हरिसिंह धनाडीले तालिम लिएर सफल महिला उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको छ् । वडास्तरबाटै लक्षित वर्गका महिला तालिममा समावेश गरिएकोले सिकेका ज्ञान, सिपलाई कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ ।

दोधारा चाँदनी नगरपालिका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले वडामा बसोबास गर्ने १५ जना एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन सोडा साबुन बनाउने तालिम अन्तर्गत ५ दिने झोल साबुन र डल्ले साबुन तालिम उत्साहजनक रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको सहयोगमा महिलाहरुले थोरै रकम र छाटो समयमा झोल साबुन र डल्ले साबुन उत्पादन गर्न सकिने भएको शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो । तालिमले आत्मनिर्भर बनाउने अभियानलाई केही हद सम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

सिपले परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उहाँको भनाई छ् । तालिमको समापनमा सहभागी एकल महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ् ।

सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रतिबद्धता जाहेर समेत गरिएको वडा कार्यालयले जनाएको छ् ।

 

ताजा समाचार