कञ्चनपुर : उपचार गर्ने पैशा नहुँदा कञ्चनपुर बेलडाँडीकी एक विपन्न महिला मृत्युको मुखमा पुगेकी छिन । आर्थिक रुपमा विपन्न बेलडाँडी गाँउपालिका १ झर्नासागरकी माधवी ऐर मृत्युको मुखमा पुगेकी हुन । मुटु रोगबाट ग्रसित ऐरीको परिवार अत्यन्तै गरिबीबाट गुज्रीएको छ। उपचार गर्ने पैशा त्यस्तै हो, दैनिक खान लाउन समेत धौउधौउ भएको छ । कमाउने छोरा केही बर्ष अघि गुमाएकी माधवीका श्रीमान कर्ण बहादुर ऐर पनि किसान हुन । कमाउने घरमा कोही छैन ।

घरमा जेष्ठ नागरिकदेखि स–साना बालबालिका मात्रै छन । छातीमा एक्कसी समस्या आएपछि उनलाई घर परिवार एव आफन्तले स्थानीय अस्पतालमा पु¥याएको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि रिर्फर गर्दा गर्दै सञ्जिवनी हस्पिटल नेपालगन्जमा उपचारार्थ छिन । अस्पतालमा पुगेकी उनको शल्यकृयाका लागि लाखौँ रकम चाहिने भएपछि घर परिवारको त्यतीठुलो रकम जुटाउन धौउधौउ भएको छ ।

बिरामीका श्रीमान कर्ण बहादुर ऐरीले पैशा नहुँदा जिवनसंगिनी गुमाउनुपर्ने पीडा छ । उनी श्रीमतीको उपचारका लागि गाँउमा आफन्तसंग सहयोग मागिरहेका छन । आर्थिक रुपमा अन्यन्तै नाजुक ऐरी परिवारको उपचारका लागि सक्दो सहयोगका लागि अपिल गरेका छन । देशमा तीन सरकार छन, तर विपन्न गरिब नागरिक यसरी पैशा नहुँदा मृत्युबरण गर्नुपर्ने बाध्यता आएको छ । चुनाव अघि प्रधानमन्त्री बालेन शाहले पैशा नहुने विपन्न नागरिकको उपचार रास्वापाको एजेण्डा भएको विषयले यस्ता दुरदराज ग्रामिण भेगका विपन्नको उपचारमा केही छुन्छ वा छुदैन, त्यो भने हेर्न बाँकी छ । माधवी ऐरीको जिवन रक्षाका लागि घर परिवारदेखि आफन्त, गाँउलेहरुले बिरामीको उपचारका लागि सक्दो आर्थिक सहयोग गरिदिन स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईसंग हार्दिक अपिल गरेका छन ।











