शुक्लाफाँटा होटल व्यवसायी संघको अध्यक्षमा बासुदेव भण्डारी चयन

झलारी : शुक्लाफाँटा होटल व्यवसायी संघको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा बाशुदेव भण्डारी अध्यक्ष पदमा चयन हुनु भएको छ । अधिवेशनबाट उपाध्यक्षमा तेजराज भट्ट, जमानसिंह कार्की, सचिवमा महेश बिष्ट, कोषाध्यक्षमा कर्णबहादुर कार्की, सह सचिवमा रतनलाल राना चयन हुनु भएको छ । सदस्यहरुमा नरबहादुर साउँद, भोजराज भट्ट, कौशिल्लादेवी थापा, सरेन्द्रबहादुर ऐर र सोनु विश्वकर्मा चयन हुनु भएको छ । संघका अध्यक्ष नैन सिंह बोहराको सभातित्वमा आयोजना भएको साधारण सभामा प्रमुख अतिथि होटल व्यवसायी संघका केन्द्रिय सदस्य जगदीशचन्द्र भट्ट रहनु भएको थियो ।

साधारण सभालाई सम्बोधन गर्नु हुदै केन्द्रिय सदस्य भट्टले स्थानिय कला, संस्कृति, मौलिक परिकार जोगाउने कार्य संगै पर्यटन प्रर्वद्धनमा होटल व्यवसायीको महत्वपूर्ण योगदान रहदै आएको बताउनु भयो । कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मीले होटल व्यवसायीको क्षमता अभिबृद्धि गर्नका लागि तालिमको आयोजना गरिने बताउनु भयो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले ऐन नियम अनुसार होटल व्यवसाय मर्यादित रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।

शुक्लाफाँटा उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउँले व्यवसायलाई दर्ता प्रक्रियामा लगेर व्यस्थीत रुपमा सञ्चालन गर्नु पर्ने बताउनु भयो । होटल व्यवसायी संघको वार्षिक प्रगति प्रतिवेदन सहसचिव तेजराज भट्टले प्रस्तुत गरेका थिए भने आयव्यय विवरण प्रस्तुत गर्ने कार्य कञ्चनपुर होटल व्यवसायी संघका सदस्य एवं निवर्तमान शुक्लाफाँटा होटल व्यवसायी संघका कोषाध्यक्ष रमेश रावलले गरेका थिए । रावलले साधारण सभाको सञ्चालन समेत गरेका थिए । वार्षिक साधारणसभामा स्वागत मन्तव्य संघका निवर्तमा उपाध्यक्ष तथा नव चयन भएका अध्यक्ष बाशुदेव भण्डारीले राखेका थिए ।

ताजा समाचार