देउवा पक्षीय काँग्रेस कञ्चनपुर क्षेत्र ३ प्रादेशिक समिति निर्बिरोध


कञ्चनपुर : नेपाली काँग्रेस देउवा पक्षीय कञ्चनपुर निर्वाचन क्षेत्र ३(क र ख)मा प्रादेशिक समिति निर्बिरोध चयन भएका छन । क्षेत्र ३(क)मा दिपेन्द्र विष्ट र (ख)मा बिरेन्द्र बहादुर चन्द सभापतिमा निर्बिरोध निर्वाचित भएका छन ।

उप सभापति क्रमस क,ख केशव जोरा बिर बहादुर महरा र मान बहादुर कुँवर, प्रमानन्द भट्ट, सचिव केशव पन्त, सुरेन्द्र विष्ट र पंकज भट्ट, प्रकास सुनार सहसचिव किसन चन्द, बिनोद दमाई र हेम बहादुर बस्नेत, भुपेन्द्र बहादुर विष्ट निर्बिरोध निर्वाचित भएका हुन । उनीहरुलाई निर्वाचित समितिले प्रमाण पत्र वितरण गरेको छ ।

निर्वाचित क्षेत्रका प्रादेशिक सभापतिदेखिका पदाधिकारी सदस्यहरुलाई जिल्ला सभापति पदम बोगटी सहितले बधाई ज्ञापन गरेका छन । पाटीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने काँग्रेस क्षेत्र ३(ख)का सहसचिव हेम बहादुर बस्नेतको प्रतिबद्धता छ ।


Loading Viewer...

ताजा समाचार

spot_img