कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका एक वडाध्यक्षले निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका छन । भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले विगत १० बर्षदेखि निरन्तर भत्ताको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन । नेपाली काँग्रेसबाट ०७४ र ०७९दुई पटकको निर्वाचनमा लगातार वडाध्यक्षमा निर्वाचित भएका कुँवरले यस बर्षपनि वडाध्यक्ष कुँवरले राज्यबाट पाएको रकम जेष्ठ नागरिक, असाहयलाई वितरण गरेका छन ।

हरेक आर्थिक बर्षको पहिलो चौमासिक दशैँ तिहार अघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले चालु आर्थिक बर्ष ०८३÷०८४ को असोज तोस्रो साता आईतबार भत्ता वितरण गरेका छन । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष कुँवरले ०७४देखि ०८३ सम्म निरन्तर भत्ता वितरण गरेका हुन । ‘मैले चुनावका बेला जनतासंग गरेको बाचा अनुरुप राज्यबाट पाउने रकम हरेक बर्ष ७० वर्ष माथिका जेष्ठ नागरिक र अति असक्तलाई दामाशाही हिसाबले रकम वितरण गर्दै आएको छु, ‘वडाध्यक्ष कुँवरले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैया पुरै जेष्ठ, असक्त र असाहय नागरिकलाई दशैँ अघि वितरण गर्दै आएको छुु ।’

आफ्नै भत्ता बाफत रकम वडाध्यक्ष कुँवरले वितरण गरेपछि जेष्ठ नागरिकदेखि असाहय नागरिक खुसी भएका छन । वडाध्यक्ष कुँवरले १० बर्षमा झण्डै २७ लाख बढी भत्ता बाफत पाएको रकम हरेक बर्ष डेढसयदेखि १ सय ७० वडाबासीले पाउँदै आएका छन । यस बषए १सय ६४ जनालाई बिवतरण गरेका छन । स्थानीय रतनलाल लुहारले राज्यले दिएको सेवा सुविधा पनि जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन ।

दलित युवा लुहारले दलितको अधिकारका लागि लड्नेहरुले केही नगरेपनि वडाध्यक्षले दशैँ मनाउन खर्च दिएको भन्दै खुसी व्यक्त गरिने । अर्की महिला लिलादेवी चौधरीले वडाध्यक्ष कुँवरले निरन्तर आफ्नो दुखमा साथ दिएको बताईन । जेष्ठ नागरिक हरसिह डगौराले आफ्नो निजी सुुविधाको रकम जेष्ठ नागरिकको खुसीका लागि भन्दै उनको आभार प्रकट गरेका छन । आगामी दिनमा समेत यसरी नै जेष्ठ नगारिकको हकमा कामकाज गर्ने प्रतिज्ञा गरेका छन ।










