तेस्रो बासुदेव स्मृति फुटबलको फाइनलमा पुग्ने दुई टोलिको टुंगो

उपाधिका लागि सरस्वती मा.वि झरनासागर बेल्डाँडी र ओम पुष्पा अञ्जली इङलिस बोर्डिङ दोधारा भिड्ने


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा जारी अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलिको टुंगो लागेको छ।

सनिवार भएका सेमिफाइनल खेलबाट तेस्रो बासुदेव स्मृति अन्तरविद्यालय स्तरीय यू-१६ सेभेन ए-साइड फुटबल प्रतियोगिता २०८३ को फाइनलमा पुग्ने दुई टोलिको टुंगो लागेको प्रतियोगिता संयोजक गौरभ बोहराले बताउनु भयो।

पहिलो सेमिफाइनल खेल सरस्वती माध्यमिक विद्यालय झरनासागर बेल्डाँडी-०१ र बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका बिच भएको रोमाञ्चक खेलमा ४-० गोलको अन्तरले बैजनाथलाई हराउँदै सरस्वती फाइनल भएको हो। दोस्रो सेमिफाइनल खेल कञ्चन विद्या मन्दिर र ओम पुष्पा अञ्जली इंग्लिस बोर्डिङ स्कुल दोधारा बिच भएको खेलमा
२-० गोलको अन्तरले कञ्चन लाई हराउँदै फाइनलमा ओम पुष्पा अञ्जलीले स्थान सुरक्षीत गरेको छ।

आइतबार भोलि फाइनल खेल सरस्वती माध्यमिक विद्यालय झरनासागर बेल्डाँडी गाउँपालिका-०१ र ओम पुष्पा अञ्जली बोर्डिङ स्कुल दोधारा चाँदनी नगरपालिका बीच दिउँसो ३ बजे महेन्द्रनगर स्थित खुलामञ्चमा हुने छ।

तेस्रो बासुदेव स्मृति सेभेन ए-साईड छात्र यू-१६ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०८३ को विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र हात पर्नेछ। भने उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र हात पर्नेछ। साथै विभिन्न उत्कृष्ट विधाका खेलाडीलाई समेत आकर्षक पुरस्कार समेत हात पार्नेछन्।


Loading Viewer...

ताजा समाचार

spot_img