खडक बहादुर कोली /कञ्चनपुर: मुक्त कमलरी विकास मञ्च शाखा कञ्चनपुरले माघी मिलन तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कमलरीहरूको भूमिसहितको पुनस्थापना गराउने र पुर्खादेखि चलिआएको संस्कृति झल्काउने नयाँ पिढी मा हस्तान्तरण गर्ने उद्देश्यका लागि माघी मिलन तथा सचेतना कार्यक्रम गरिएको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सिता चौधरीले बताएकी छन्। सरकारले २०७० साल साउन १३ गते मुक्त कमलरी घोषणा गरेपनि अहिलेसम्म पुनःस्थापना हुन नसकेको भन्दै पुनःस्थापनाको लागि सम्बन्धित निकायलाई समस्या समाधानको लागि आग्रह गरेकी छन्।
वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाकी उपप्रमुख तुलसी जोशी रहेकी थिइन्। उनले मुक्त कमलरी आदिवासी सबैको लागि सहयोग गर्ने प्रतिबद्धता गरेकी छन्। विशिष्ट अतिथि भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्र प्रकाश पन्तले भूमिसहितको पुनस्थापना गरिने आश्वासन दिएका छन्। विशिष्ट अतिथि भीमदत्त नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष पदम राज अवस्थीले आउँदो वर्षमा भिमदत्त नगरपालिकाबाट माघी मिलन तथा कमलरीहरूको लागि बजेट छुट्याउने प्रतिबद्धता गरेका छन्।
भिमदत्त नगरपालिकाका १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले वडाबाट हुने सहयोग गर्मी बताए उनले यस्ता जनचेतामुलक तथा मुक्त कमलरीहरूका लागि सहकार्य गरेर सहयोग गर्ने बताए। माघी मिलन तथा सचेतना कार्यक्रममा अभिभावकविहीन ६ जना मुक्तकम्लरीहरूलाई एक जोडा कपडा कापी डटपेनपिङ वितरण गरिएको मञ्चकी केन्द्रीय सदस्य शान्ति चौधरीले जानकारी दिइन्। कार्यक्रममा सरोकारवाला निकाय, जनप्रतिनिधि ,संघ संस्था प्रतिनिधि, सबैको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कमलरी विकास मञ्चकी नगर समिति सदस्य सीता चौधरीले गरेकी थिइन् भने सञ्चालन मञ्चकी कर्मचारी तथा सदस्य मनमती चौधरीले गरेकी थिइन्।
