जंगली हात्तीबाट अन्नवाली जोगाउन सर्चलाईट

दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) कञ्चनपुरले दोधारा चाँदनी नगरपालिमा भएको जंगली हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा बिगत एक महिना देखि जंगली हात्तीले मध्यरातमा किसानहरुको गहुँवाली वाली र तेलहनवाली नष्ट गर्दै आएपछि अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न सर्चलाईट सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले नगरपालिकाले जंगली हात्तीको आतंक रोक्न बिभिन्न प्रयास गर्दै आएपनि सफल नभएको बताउनुभएको छ् । उहाँले हात्तीबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले २० थान सर्चलाईट सहयोग गरेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

केही दिन अघि पनि दोधारा चाँदनी नगरपालिकाले सो क्षेत्रमा सर्चलाईट बितरण गरेको समेत नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । वन्यजन्तुबाट खेतवालीमा जोगाउन स्थानियबासीहरु रातभरी आगोको धुनी बालेर, पटका पड्काएर र थाली बजाएर जाग्रम बस्दै आएको उहाँको भनाई रहेको छ् । संस्थाबाट प्राप्त भएको सर्चलाईट हात्तीपिडित क्षेत्रका स्थानियबासीहरुलाई चाडै बितरण गरिने नगरप्रमुख लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा मानव र वन्यजन्तु बिच द्धन्द्ध हुदै गर्दा संस्थाले बिभिन्न समयमा वन्यजन्तुबाट अन्नवाली जोगाउन र मानविय क्षतीलाई रोक्न दोधारा चाँदनी नगरपालिका संग समन्वय र सहकार्य गरि स्थानियबासीहरुलाई सहयोग गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाको बिशेष गरि बडुवाल टोल र संसारीटोल आसपासका बस्तीहरुमा वन्यजन्तुले किसानहरुको अन्नवाली नष्ट गर्ने, घर भत्काईदिने र बेलाबखत मानविय क्षती गर्दै आएको कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो । किसानहरुले लगाएको अन्नवाली नष्ट गर्नुको साथै बेलाबखत जंगली जनावरहरुले मानविय क्षती गर्दै आएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सरोकारवाला निकाय संग वन्यजन्तु नियन्त्रणको लागी पहल गर्दै आएको छ् । बिशेष गरि दोधारा चाँदनी नगरपालिकाको भारतिय जंगल संग जोडिएको बस्ती र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आसपासको बस्तीहरुमा वन्यजन्तुको आतंक दिनहु बढ्दै गएको छ् ।

अधिकांश स्थानियबासीहरु कृषीमा आश्रित रहदै आएका हुदा जंगली जनावरले वालीनाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको छ् । अहिले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ संसारी टोलमा जंगली हात्तीको आतंक बढ्दो छ् ।

मध्यरातमा बस्तीमा जंगली हात्ती पसेर एक रातमा दर्जनौ किसानहरुको गहुँवाली नष्ट गर्न थालेपछि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) को सुद्दढ परियोजनाले गहुँवाली जोगाउन र मानविय क्षती रोक्न सर्चलाईट सहयोग गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएनएसडब्लुए) ले जनाएको छ् ।

ताजा समाचार