दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ज्येष्ठ नागरिकलाई ब्लेङकेट वितरण गरिएको छ् । चिसोले जनजीवन प्रभावित भएपछि दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो ब्लेङकेट बितरण गरिएको हो । निरन्तर चिसोबाट प्रभावित भएका वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा भित्र बसोबास गर्ने १ सय ३ जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । समाज विकासको आधार स्तम्भबाट सुरु गरेर संरचनामा परिमार्जन र परिवर्तन गर्दै विद्यमान अवस्था सम्म ल्याईपुर्याउने निधीका रुपमा ज्येष्ठ नागरिक रहेको बताउदै वडाध्यक्ष हरिसिंह धनाडीले वर्षेनी वडा कार्यालयले उनिहरुलाई सम्मान सहित चिसोबाट बच्न ब्लेङकेट बितरण गर्दै आएको बताउनुभयो ।

वडामा बसोबास गर्ने १ सय ३ जनालाई सम्मान तथा कम्बल बितरण गरिएको वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । कार्यक्रममा मन्तब्य राख्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले समाजका अग्रज, मार्गदर्शक तथा पथप्रदर्शक ज्येष्ठ नागरिकमा अनुभव र परिपक्वता रहेको हुदा उनिहरुको सम्मान तथा सहयोग गर्ने कार्य स्थानिय सरकारको दायित्व रहेको बताउनुभएको छ् । लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागी ज्येष्ठ नागरिकबाट जीवनोपयोगी शिक्षा हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

अहिलेका ज्येष्ठ नागरिक भनेका हिजोका युवा शक्ति रहेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाले नगर स्तरिय जेष्ठ नागरिक समाज समेत गठन गरि बिभिन्न समयमा वृद्धवृद्धाका समस्यालाई मध्यनजर गर्दै सहयोग र उनिहरुलाई सम्मानका कार्यक्रमहरु संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् ।

वृद्धवृद्धाहरु स्थानिय सरकारले जाडोमा न्यानो ब्लेङकेट दिएर पुण्य कर्म गरेको बताएका छन् ।
