नेपाल रेडक्रस सोसाईटी उपशाखा झलारीको २५ औं साधारण सभा सम्पन्न

झलारी : नेपाल रेडक्रस सोसाईटी उपशाखा झलारीको २५ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । शाखका सभापती लोकराज जोशीको सभापत्विमा आयोजना भएको साधारण सभाको प्रमुख अतिथिमा शुक्लाफाँटा नगरपालिकाका उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । प्रमुख अतिथि पन्तले सभामा मन्तव्य राख्नु हुदै शाखाको बृहत्तर विकासका लागि सधैं सहयोग र साथ रहने बताउनु भयो ।

उहाँले नगरपालिकाबाट कुन ठाउमा के सहयोग गर्नु पर्छ त्यसका लागि पहल गर्न तत्पर रहेको बताउनु भयो । रेडक्रसको शाखलाई जोगाई राख्नु पर्छ उहाँले भन्नुभयो, त्यसका लागि सधै साथ र सहयोग रहने छ । नगर सभा बोल्दै शाखाका निवर्तमान सभापती शेर बहादुर साउदले विपदका बेला रेडक्रसको अहं भूमिका रहदै आएको बताउनु भयो । नयाँ निर्माणाधिन भवनको निर्माण कार्य पुरा गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनु पर्ने उहाँले बताउनु भयो । विपद् परेका बेला रेडक्रसलाई गुहार्ने उहाँले भन्नुभयो, रेडक्रसलाई आवश्यक सामग्रीको जोहो गर्नका लागि बजेट विनियोजन गर्दा समस्या हुने गरेको बताउनु भयो । नगरपालिकाबाट विपद्का लागि रेडक्रसलाई सहयोग गरिनु पर्नेमा उहाँको जोड थियो ।

कृष्णबैजनाथ बहुमुखि क्याम्पसका प्रमुख भवराज रेग्मीले रेडक्रस निस्वार्थ भावनाले चल्ने संस्थाका रुपमा रहेको बताउनु भयो । जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने गरिन्छ उहाँले भन्नुभयो, रेडक्रसले विपदमा परेका व्यक्तिहरुको उद्धार देखि राहत सम्मका सामाजिक कार्यमा अग्रसर भएर लाग्दै आएको छ । श्रीकृष्ण माध्यमिक विद्यालयका पूर्व प्राचार्य गणेश सिंह भण्डारीले वार्षिक साधारण सभाको सफताको कामना गर्नु भएको थियो । साधारण सभामा बार्षिक प्रगती प्रतिवेदन शाखाका सचिव नवराज पन्तले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन शाखाका कोषाध्यक्ष पुष्पराज भट्टले प्रस्तुत गर्नु भएको थियो । सभामा उपस्थीत सहभागीहरुलाई शाखाका उप सभापती धनेश्वरी पन्तले स्वागत गर्नु भएको थियो । सभाको सञ्चालन शाखाका उप सचिव विर सिंह धामीले गर्नु भएको थियो ।

ताजा समाचार