कञ्चनपुर: नेपाल कम्युनिष्ट पाटी(विप्लव)ले कञ्चनपुरको महेन्द्रनगरमा माओ दिवस मनाएको छ । बिहीबार भीमदत्त नगरको महेन्द्रनगरमा नेकपा विप्लवले माओ दिवस मनाएको हो । नेकपा विप्लव कञ्चनपुरका जिल्ला इन्चार्ज विष्णूप्रकास उपाध्याय(बिराट)ले १३१औँ माओ दिवस मनाएको बताए ।

प्रमुख अतिथि समेत रहेका नेकपा केन्द्रीय सदस्य बिराटले माओले देखाएको मार्गले अघि बढ्नुपर्नेमा जोडदिएका छन । कार्यक्रममा गत मंसिर ८ गते बस दुर्घटनाका घाईतेहरुलाई समेत दोस्रो चरणको राहत वितरण गरिएको छ ।

नेकपा विप्लव कञ्चनपुरका सचिव दियार सिको अध्यक्षतमा भएको कार्यक्रममा केन्द्रीय सदस्य बिराट नै प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विप्लव नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







