चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधारा चाँदनीका ४० जना जेष्ठ नागरिकलाई सम्मान

पप्पु गुरुङ्ग, दोधारा । चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनीमा ४० जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरिएको छ् । दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट दलित, गरिव तथा विपन्न जेष्ठ नागरिकलाई सम्मान सहित तथा अन्तरक्रिया सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले जानकारी दिनुभएको छ् । ‘सभ्य समाजको आधार : जेष्ठ नागरिक मैत्री घरपरिवार’ नारा सहित संचालन गरिएको जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच सहित औषधी समेत बितरण गरिएको महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले बताउनुभयो ।

कार्यक्रममा आफ्नो बिचार राख्दै जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले नेपाल सरकारले जेष्ठ नागरिकहरुलाई बिभिन्न खाले सेवा सुबिद्या दिदै आएकोमा धन्यबाद दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाले पनि बिभिन्न समयमा जेष्ठ नागरिकहरुलाई सहयोग तथा सम्मान गर्दै आएको कोषाध्यक्ष कमलापती भट्टले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाले आगमी दिनहरुमा जेष्ठ नागरिकहरु दुख, सुख पोख्ने थलोको रुपमा जेष्ठ नागरिक भवन निमार्ण गरिदिन जेष्ठ नागरिक समाज दोधारा चाँदनीका कोषाध्यक्ष कमलापती भट्टले आग्रह गर्नुभएको छ् ।

ज्येष्ठ नागरिकको जिवन सहज, सुरक्षित र सम्मानित हुने अवस्थाको सुनिश्चित गर्दै उनीहरुको योग्यता, अनुभव, ज्ञान र सिपलाई सामाजिक विकासमा उपयोग गर्नु जरुरी रहेको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो । समाज अहिले आएर बिकृती तथा बिसंगती तर्फ उन्मुख भईरहेको अवस्थामा विद्यालयस्तर देखि विश्वविद्यालय तह सम्मका विद्यार्थीमा ज्येष्ठ नागरिक प्रतिको सम्मान र कर्तव्यका विषयमा बोध गराउन सकियो भने कोमल मष्तिस्कमा परेको प्रभावले सकरात्मक नतिजा हासिल हुने वडाध्यक्ष ओंम प्रकाश रोकायाले बताउनुभयो ।

अतितका प्रतीक र वर्तमानमा सृजनाका स्रोत हाम्रा अग्रजका विषयमा युवा पुस्ताले गम्भीर भएर सोच्नु पर्ने अवस्था रहेको वडाध्यक्ष रोकायाले बताउनुभएको छ् । बुबा आमालाई मैले पालेको छु भन्दै हिड्नु नभई, आमा बाबु संगै बस्न पाएकोमा गर्व गर्न सक्नु पर्ने उहाँको भनाई रहेको छ् ।

ताजा समाचार