श्रीशुभलाभ कृषि सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

श्रीशुभलाभ कृषि सहकारी संस्थाको अध्यक्षमा सिद्धराज भट्ट चयन


कञ्चनपुर : भीनपा ४, कञ्चनपुरमा रहेको श्री शुभलाभ कृषि सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । संस्थाको १२ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको खुल्ला सत्रमा कार्यक्रमको प्रमुख अतिथि भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख विमला भाटले ‘देशमा रहेका विभिन्न सहकारीबाट बचत कर्ताहरू ठगिएको र मुद्दालागेर सहकारीका सञ्चालक थुनामा रही कारवाहीको दायरामा आउन लागेको, सहकारी प्रति दिन प्रतिदिन बचत कर्ताहरुको विश्वास घटिरहेको अवस्थामा यसलाई दिगो रुपमा सञ्चालन गर्न र नाफा मुलक सहकारी बनाउन सबै शेयर धनी लगायत कर्मचारीहरूले इमान्दारीका साथ काम गर्नुका साथै यसको विस्तारमा जोड दिनु पर्ने’ बताइन सार्थ सहकारीको वृत्तिविकास गर्नको लागि आफूले सक्दो सहयोग गर्ने भाटे बताइन् ।

सहकारी संस्थाका अध्यक्ष लवराज पनेरुको सभापतित्व प्रमुख अतिथि भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख विमला भाट विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण पूर्व कर्मचारी समाज प्रदेश कोषध्यक्ष भोजराज जोशी र कैलपाल कृषि सहकारी संस्था लि.का माया चन्द रहेका थिए, कार्यक्रम सञ्चालन सचिव महेश राज जोशीले गरेका थिए । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सिद्धराज भट्टले गरेका थिए, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोकराज भट्टले गरेका थिए । बुधबार भएको कार्यक्रममा असल बचत कर्तालाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । सम्मान हुनेमा टेकराज भट्ट, मुकेश रावल र दिपेन्द्र प्रसाद जोशी रहेका थिए ।

श्री शुभलाभ कृषि सहकारी संस्था ली.को १२ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट नयाँ कार्यसमिति निर्वतमान अध्यक्ष लवराज पनेरुको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको छ । चयन हुनेमा अध्यक्ष सिद्धराज भट्ट, उपाध्यक्ष मीनराज पाण्डेय, सचिव वसन्तराज जोशी, कोषाध्यक्ष लोकराज भट्ट सदस्यहरू नेत्रलाल शर्मा, विमल दत्त पन्त, उत्तम पनेरु, धन ब. चौधरी र चुडामणि पनेरु लेखा समितिमा संयोजक देवराज भट्ट, ऋण समितिमा संयोजक लोकराज भट्ट, सदस्य विमल राज पन्त र नेत्रलाल शर्मा रहेका छन् । भट्टले सहकारी संस्थाको वृत्तिविकास गर्नुको साथै यसलाई नाफा मूलक बनाउन आफू इमान्दारिताका साथ संस्था र बचत कर्ताको हितलाई ध्यानमा राखी काम गर्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img