महेन्द्रनगर : एकाबिहानै देखि एक युवक हातमा हसिया समातेर भीनपा–४ स्थित खुल्ला मञ्चमा सफाइ गरिरहेको देख्न सकिन्छ । उनले त्यहाँ जथाभावी उम्रिएका बेसरम तथा बैरका झाडी सफा गर्नुका साथै फोहोर व्यवस्थापन गर्न लागेको भेटिन्छन् । कञ्चनपुरको भीमदत्त–०६ निवासी समाजिक अभियन्ता थानेश्वर लेखकको दिनचर्या जस्तै भएको छ । भीमदत्त नगरपालिकाको वडा नं. ६को उपनिर्वाचनमा सिलिन्डर चुनाव चिन्ह लिएर स्वतन्त्र बाट चुनावी मैदानमा होमिएका लेखक चुनावमा सम्मान जनक मत आए पछि समाजिक कार्यमा झनै सक्रिय भएका छन् ।

पछिल्लो समयमा समाजमा भैरहेका भ्रष्ट वेतिथिहरुको विरुद्ध खुलेर विरोध जनाउदै गरेका लेखकले यही मंसिर १६ गतेको उपनिर्वाचनमा भीमदत्त वडा न–०६ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार लेखकले राजनीतिक दलहरूको बिच प्रतिस्पर्धामा उत्रिए पछि पराजय बेहोर्नु परे पनि सोचेको भन्दा बढि मत पाएको बताएका छन भने आगामी दिनमा फेरि स्थानीय निर्वाचनमा पुनः उठ्ने जानकारी दिए । सानै भएपनि राष्ट्र निर्माणमा अहम् भूमिका निर्वाह गर्न सबै युवाहरूले एकजुट हुनुपर्छ भन्ने हेतुले आफू समाजिक कार्यमा अग्रसर भएको लेखकले बताए ।

राजनीतिक भागबन्डामा रमाएका भ्रष्ट नेताहरूले देशलाई सङ्कटमा पारी सकेको तर्क दिदैँ युवा शक्ति संगै समाजिक दायित्व निर्वाह गर्न सदैव अग्रसर भएर निरन्तर लाग्नु पर्ने समाजिक अभियन्ता लेखकको भनाई रहेको छ । उनले खुल्ला मञ्चको फोहोर तथा झाडी सरसफाइ गर्ने क्रममा नशालु बस्तु सिसि, सुई लगायत लागु औषधीका कभर भेटिए सँगै युवाहरू दिन प्रतिदिन लागु औषधको शिकार भई रहेको र हाम्रा जनप्रतिनिधिहरू मूक दशक भएर बसेको गुनासो गरे मञ्चको सरसफाइ गर्ने क्रममा भेटिएका लागू पदार्थ सेवन गर्ने सामानहरू आफूले सुरक्षित साथ राखी नगरपालिकालाई बुझाउने र सम्बन्धित निकायलाई सरसफाइ तथा लागू औषधको चङ्गुलबाट युवाहरूलाई बचाउन तत्काल गम्भीर भएर लाग्न पहल गर्ने लेखकले बताए ।







