दोधारा चाँदनी– ४ वडा कार्यालयको भवन निमार्ण अन्तिम चरणमा, वडावासी हर्षित


दोधारा । दोधारा चाँदनी नगरपालिका– ४ को वडा कार्यालयको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको योजना अनुसार दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । निमार्ण कार्यमा थोरै काम मात्र रहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो । उक्त निमार्ण कार्यको जिम्मा सुमन कन्ट्रक्सन प्रालि.ले लिएको छ् । शौचालय सहित ४ वटा सुबिद्या सम्पन्न कोठा निमार्ण गरिएको छ् ।

नगरपालिकाको स्वामित्तमा रहेको एक पुरानो भवनमा वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ् । निमार्ण कम्पनीले झण्डै रु. ४५ लाख बजेटमा उक्त निमार्ण कार्यको पुरा गर्ने गरि जिम्मा पाएको हो । अत्याधुनिक आर्कषक शैलिका वडा कार्यालय भवन निर्माण संगै आफ्नै कार्यालय हुने भएपछि वडाबासीहरुले खुशी प्रकट गरेका छन् ।

केही दिन अघि दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष भक्त बहादुर सुनार, पदम रावलको एक टोली निमार्ण कार्यको अनुगमन समेत गर्नुभएको छ् ।


ताजा समाचार

spot_img