कञ्चनपुर: गृहमन्त्री रमेश लेखकले धर्मपत्नी यशोदा लेखकले निर्वाचन क्षेत्र ३की एक महिला बिरामीलाई भेटेकी छिन । निर्वाचन क्षेत्र ३भीमदत्त नगरकी बिरामी कमला धामीलाई गृहमन्त्री लेखककी पत्नीले भेटेकी हुन । काँग्रेस कञ्चनपुरकी नेतृ मिना कुँवरले स्तनको क्यान्सर भई काठमाण्डौँ महाराजगन्ज प्रराईमरा अस्पतालमा उपचाराथ धामीलाई गृहमन्त्री लेखककी पत्नी यशोदाले भेटघाट गरेको बताईन ।

‘हाम्रै गृहमन्त्री रमेश लेखक दाजुकी धर्मपत्नी यशोदा भाउजुले प्रत्यक्ष बिरामीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेकी छिन, ‘भीनपा ३की वडा सदस्य समेत रहेकी काँग्रेस नेतृ कुँवरले भनिन, ‘बिरामीलाई भेटेर उपचारका लागि आवश्यक सहयोगको बचन समेत दिएकी छिन ।’ आफ्ना गृह नगरका बिरामीलाई यसरी प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामनाले समेत बिरामीलाई थप ढाडस मिलेको काँग्रेस नेतृ कुँवरको भनाई छ । उनले बिरामी धामीको उपचारका लागि कुैपनि कसर बाँकी नराख्ने जनाएकी छिन ।







