कञ्चनपुर: हिन्दुधर्मका अगुवा एव अगुवाहरुले धर्म रक्षामा जोडदिएका छन । बिहीबार महेन्द्रनगरमा विश्व हिन्दु परिषद कञ्चनपुरले आयोजना गरेको धर्मरक्षा निधी समर्पण कार्यक्रममा धर्म रक्षामा जोडदिएका हुन ।

कार्यक्रमका सभापति समेत रहेका विश्व हिन्दु परिषद कञ्चनपुरका अध्यक्ष लक्ष्मीराज जोशीले स्वागत मन्तव्य राख्दै धर्म रक्षाका लागि सरोकारवालासंग छलफल गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विश्व हिन्दु परिषद्का अन्र्तराष्ट्रिय संगठन महामन्त्री मिलिन्द्र पराण्डेले हिन्दुधर्मले मानिस सहितका सबै भगवानप्रति सद्भाव राख्ने भएकाले धर्म रक्षामा जोडदिए ।

उनले नेपालको गरिब अभाव देखेर केही क्रिश्चियनहरुले विभिन्न एनजिओ आईएनजिओ आर्फत कार्यक्रम चलाएर धर्मान्तर गरिरहेको बताए । विश्व हिन्दु परिषद कञ्चनपुरका सचिव विशाल सोनारले संचालन गरेको कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।







