कञ्चनभोजमा जंगली हात्तीले गहुँबाली नष्ट, समसाँझै भित्रिन्छ् हात्ती

दोधारा । कञ्चनभोजमा भारतिय जंगलबाट भित्रिएको जंगली हात्तीले स्थानियबासीहरुको गहुँ र उखुवाली नष्ट गर्दै आएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा किसानहरुले लगाएको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानियबासी रामसिंह खड्काले बताउनुभएको छ् । समसाँझै नजिकै रहेको भारतिय जंगलबाट हुल बाँधेर आउने जंगली हात्तीले दर्जनौ किसानहरुको गहुँ र उखुवाली नष्ट गर्दै आएको स्थानिबासी खड्काले बताए । साँझ हात्ती खेतवारीमा पस्ने र बिहान मात्र जंगल फर्किने गरेको स्थानियबासीहरुको भनाई रहेको छ् ।

झण्डै एक महिना देखि उक्त क्षेत्रमा मध्यरातमा हात्तीको ठुला हुल आएर बस्तीमा आतंक मच्चाउदै आएको बताईएको छ् । हात्तीले आतंक मच्चाईरहेको थप जानकारी लिन आज दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य सन्दीप उपाध्याय लगाएत सशस्त्र प्रहरीको एक टोली हात्तीले क्षती बनाएको क्षेत्रमा पुगेका थिए ।

स्थानियबासीहरुले जंगली हात्ती नियन्त्रणको लागी माँग गरेको हुन् । हात्ती धपाउन बस्तीमा स्थानीयबासीहरुले आगो बाल्ने, गुलेली प्रयोग गर्ने, पटाका पड्काउदै आएका छन् ।

ताजा समाचार