अपाङ्गता भएकालाई ह्विल चेयर हस्तान्तरण


झलारी : शुक्लाफाँटा नगरपालिकाका तीन जना अपाङ्गता भएका बालकहरुलाई आज ह्विल चेयर हस्तान्तरण गरिएको छ । विश्व हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउदको पहलमा उपलव्ध गराईएका ह्विलचेयर शारिरिक अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउद, सामाजसेवी नैन सिंह मडै र नैन सिंह बोहराले अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरेका छन । नगरपालिकाको वडा नं ११ का शारिरिक अपाङ्गता भएका वर्ष ७ का दिक्षा बिष्ट, वडा नं ५ का वर्ष १८ अभिषेक बिष्ट र वडा नं १० झलारीका शिवम रानालाई ह्विलचेयर वितरण गरिएको वडा नं ११ का वडा अध्यक्ष साउदले बताउनु भयो ।

वडा नं १० मा भने वडा सदस्य राम बहादुर बस्नेत, सरस्वती चुनारा, समाजसेवी, गोविन्द नेपाली, टेक बहादुर भण्डारीले राना परिवारको घरमै पुगेर ह्विलचेयर हस्तान्तरण गरेका छन । यस अघि महासंघका उपाध्यक्ष साउदको पहलमा कृष्णपुर नगरपालिकाका अपाङ्गता भएका १६ जनालाई ह्विलचेर उपलव्ध गराईएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img