कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा संचालन भएको रामलिलामा भगवान रामको भूमिकामा रामलिला खेलका एक पात्रले आफुलाई पाएको पुरस्कार मन्दिरलाई सहयोग गरेका छन । रामकै पात्रको भूमिका निर्वाह गरेका दिपेन्द्र सिह विष्टले आफुले दर्शकबाट पाएको पुरस्कार मन्दिरलाई आर्थिक सहयोग गरेका हुन ।
विष्ट सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक कानुन मन्त्रालयका शाखा अधिकृत हुन । विष्टले आफ्ने अभिनयबाट प्रभावित भएर दर्शकबाट पाएको माया सद्भाव बाफतको दक्षिणा पुरस्कार बाफतको रकम गाँउकै मन्दिरको बृद्धि विकासका लागि भन्दै सहयोग गरेको बताएका छन ।
एक कार्यक्रमका विच रामको भूमिका निर्वाह गरेका विष्टले कालिका मन्दिर समितिलाई नगद १० हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । कालिकका मन्दिर समितिले रामको पात्रको भूमिका निर्वाह गरेका शाखा अधिकृत विष्टले आफुले पाएको पुरस्कार मन्दिरको बृद्धि विकासका लागि सहयोग गरेको भन्दै आभार प्रकट गरेका छन ।






