चन्द बने सुदुरपश्चिम प्रथम


धनगढी : कैलालीकाे धनगढीमा मंसिर २१ गते गरिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकाे अभिकर्ता भेला एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीका सि ई ओ सुरेश प्रशाद खत्रीकाे अध्यक्षतामा गरिएकाे सम्मान कार्यक्रममा सुदुरपश्चिम प्रदेश बाट सय बढि सक्रिय अभिकर्ताकाे उपस्थिति रहेकाे थियाे। सम्मानित हुनुहुने सबै सहभागीलाई कम्पनीका सि ई ओ खत्रीले CEO Club Membership सर्टिफिकेट बाट सम्मानित गर्नु भएको छ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा कार्यरत मुख्य व्यवशाय प्रबन्धक( Chief Busineas Manager) राजेन्द्र बहादुर चन्द लगातार दाेस्राे पटक पनि उत्कृष्ट व्यवशाय गर्दै संजाल ब्यवशाय तर्फबाट प्रदेश प्रथम बन्नु भएको छ। कम्पनीका सि ई ओ बाट चन्द लाई माला खादा प्रमाणपत्र र नगद पुरुष्कार बाट सम्मान गरिएको छ। यस्त गरि व्यक्तिगत ब्यवशाय तर्फ धनगढी शाखामा कार्यरत गिता मल्ल प्रथम भई सम्मानित हुनु भएको छ। जीवन बीमा पेशा आफैमा एउटा उत्कृष्ट एवम् सम्मानित पेशा हाे। जीवन बीमा पेशामा आवद्ध पेशाकर्मिहरु समाजका लागि सम्मानित व्यक्ति हुन।

जसले प्रत्येक घरपरिवारको आर्थिक सुरक्षा एवम् सम्पन्नताकाे लागि सबैलाई आ आफ्नाे क्षमता अनुसारको बचत गर्न सिकाउने र त्यसकाे लाभ लिन सिकाउने ब्यक्ति हुन बीमा अभिकर्ता । समाजका लागि बीमा अभिकर्ता आर्थिक सल्लाहकार एवम् आर्थिक स्वयंसेवक हुन भन्दा नि फरक नपर्ला भन्नू हुन्छ पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिका उपाध्यक्ष जयराज जैशि। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकाे पहिलाे अग्रणी जीवन बीमा कम्पनी हाे। याे कम्पनी सर्वाधिक बाेनस दिने कम्पनी बनेकाे छ, जसले गर्दा यस कम्पनिका बिमा गराउने बिमितलाई उत्कृष्ट प्रतिफल प्राप्त गर्ने अवसर मिलेकाे छ।


Loading Viewer...

ताजा समाचार

spot_img