कञ्चनपुर : नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कैलालीको अध्यक्षमा निशान विक चयन भएका छन । अखिल क्रान्तिकारी बहुमत कैलालीको २३ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा विक सहितका पदाधिकारी सर्वसम्मत चयन भएका हुन । अखिल क्रान्तिकारी सुुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले सहमतीय आधारमा अखिल क्रान्तिकारी कैलालीको २७ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको बताए ।

उनका अुनसार उपाध्यक्ष करन सिह मलाल, सचिव संगिता चौधरी, सहसचिव प्रकास न्यौपाने, कोषाध्यक्ष अस्मिता अधिकारी रहेका छन । नेकपा बहुमत सुप प्रदेशका इन्चार्ज डिडी पाण्डेयको प्रमुख आतिथ्यका भएको कार्यक्रममा बहुमत कैलालीका इन्चार्ज तपेन्द्र तिलिम्लसिना, अखिल क्रान्तिकारी सुुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुक, प्रदेश संयोजक लक्ष्मी शाह सहितका अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।







