गाँउमै रहर लाग्दो तरकारी खेती, ४ बिघाह खेतमा हरियो तरकारी उत्पादन


पप्पु गुरुङ्ग, दोधारा । ललित सिंह ठकुरी अहिले तरकारी व्यवसायमा लागेर मनग्य आम्दानी गर्नुभएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी वर्ष ५६ का ललित सिंह ठकुरीले झण्डै चार बिद्याह जग्गामा बिभिन्न प्रकारका तरकारी उत्पादन गर्दै मनग्य आम्दानी गर्नुभएको हो । बन्दा, काउली, मुला, हिउदे सिमी, धनिया, आलु, गाँजर, प्याज, भण्टा, खुर्सानी लगाएत तरकारीले खेत हरियो भएको छ् । सिजन अनुसारका तरकारी उत्पादन गर्ने तथा बेमौसमीमा समेत तरकारी खेती गर्ने गरेको ठकुरी बताउनुहुन्छ् । हाल ४ बिघाह जग्गामा तरकारी खेती गर्दै आएको र निकट भविष्यमा बढाएर ६ बिघाह जग्गामा तरकारी खेती गर्ने योजना रहेको उद्यमी ललित सिंह ठकुरी बताउनुभयो । धन कमाउन युवा बिदेशिने क्रम बढेको अवस्थामा मेहनत गरे आफ्नै गाँउ, ठाँउमा सुन फलाउन सकिने ललित बताउनुहुन्छ् । उहाँले दैनिक १० देखि १२ जना स्थानियबासीहरुलाई दैनिक रोजगारी दिदै आउनुभएको छ् ।

आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिचाई र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु ठकुरीको दैनिकी बनेको छ् । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उहाँलाई अहिले तरकारी खेतीको स्याहार सुसार गर्न भ्याइनभ्याई छ् । तरकारी व्यवसायमा लागेपछि उहाँको घरपरिवारमा निकै परिवर्तन भएको उहाँ बताउनुहुन्छ् । उत्पादन गरेको तरकारी स्थानिय बजार संगै भिमदत्त नगरपालिकामा रहेको सब्जीमण्डीमा बिक्री बितरण गरेर मनग्य आम्दानी गर्दै आएको ठकुरी बताउनुहुन्छ् । व्यावसायिक कृषिलाई जोड दिने हो भने, सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने उद्यमी ठकुरीको भनाई रहेको छ् ।

सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्ने गरेको केही वर्ष देखि व्यावसायिक रुपमानै तरकारी खेती गर्न थालेका उहाँ बताउनुहुन्छ् । ठकुरीले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने योजना बुनेको सुनाए । परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका केही किसानको आर्थिक स्रोतनै तरकारी खेती बन्दै आएको छ् ।

गाँउ–गाँउमा सडक सञ्जाल जोडिए संगै तरकारी खेती पनि फस्टाएको छ् भने किसानलाई बजार सम्म पुर्‍याउन पनि सहज भएको छ् ।


ताजा समाचार

spot_img