किसान बहुउद्देश्यीय सहकारीको ३० औं बार्षिक साधारण सभा सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ०४ महेन्द्रनगर मा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । शनिबार भीमदत्तनगर वडा नं.०४ को हलमा आयोजिक कार्यक्रममा किसान बहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले स्वागत मन्तव्य राख्दै २०५२ सालमा बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्थाका रुपमा स्थापना भएको संस्थाले प्रचलित सहकारी ऐन र नियमावलीमा व्यवस्था भए अनुरुप ३ वटा व्यवसायीक युनिटहरु मार्फत सेवा दिदै आएको बताए । स्थापनाकालमा मलखाद र खाद्यान्नको खरिद बिक्रि गर्ने गरेको यस संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैकंबाट सिमित बैकिङ् कारोबारको स्विकृति लिई बचत तथा ऋण सेवालाई प्रभावकारी रुपमा प्रदान गर्दै आएको पछि राष्ट्र बैकंले आफ्नो नियमन दायरा परिमार्जन गरेपनि अहिले सहकारी संस्थाले वित्तिय सेवा प्रवाहमा बैकंको नियमनमा रहँदा सिकेका राम्रा अभ्यासहरुके पालना गर्दै आएको बताएका छन ।

वर्तमान परिस्थितिमा सहकारी संस्था प्रति सर्वसाधारणको वितृष्णा, निराशा र आक्रोस फैलिरहँदा थिती र नीतिमा चल्न सके सहकारी संस्थामा विचलन नआउने कुरालाई आफ्नो संस्थाले सेवा ग्राहीहरुमा उत्साहजनक सेवा सुविधा दिएर उदाहरणीय काम गरी रहेको संस्थाका अध्यक्ष शाहले बताए । उनले सहकारी यहाँसम्मको उचाईमा पुग्नुमा आम ग्राहक, बचतकर्ता सरोकारवालको भूमिका रहेको बताए । उनले संस्थाको मुख्य व्यवसायका रुपमा रहेको वित्तिय व्यवसाय हाल ४० वटा शाखा कार्यालय मार्फत भईरहेको बताउदै सदस्यहरुलाई आधुनिक वित्तिय सेवा प्रदान गर्न संस्थाले प्रविधिलाई परिष्कृत गर्दै आएको छ भने मोवाईल बैंकिङ, एटिएम , क्यु आर भुक्तानी लगायतका सुविधाहरु समयानुकुल परिमार्जित र परिष्कृत गरी पेश गरेको बताएका छन । कृषि क्षेत्रमा किसान–कोप एग्रो मार्ट,एकिकृत कृषि फार्म,कोल्ड स्टोर, माटो परिक्षण प्रयोगशाला र कागती तथा फलफुल खेतीमा बिशेष कार्ययोजनाको साथ लागि रहेको अध्यक्ष शाहले बताए ।

किसान–कोष मार्ट ब्राण्ड नाम राखेर संस्थाले सहकारी पसलहरु सञ्चालन गर्दै आएको र सदस्यहरुका स्थानीय उत्पादनलाई बजारिकरण गर्न तथा स्थानियलाई सहज रुपमा गुणस्तरयुक्त घरायसी उपभोग्य सामानहरु सरल सर्वसुलभ उपलब्ध गराउने उद्देश्यले २०७९ मा सञ्चालनमा ल्याएको बताएका थिए । यस सहकारीको केन्द्र तथा शाखा कार्यालयहरुमा पुरुष–१९० र महिला १०५ गरी जम्मा २९५ जना कर्मचारीहरु कार्यरत रहेको अध्यक्ष शाहले बताउनु भयो । उक्त आयोजित कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले गर्नु भएको प्रमुख अतिथिमा भीमदत्त नगरपालिका वडा नं.०४ का अध्यक्ष शुशिल कुमार भट्ट रहनु भएको थियो भने बिशिष्ट अतिथिमा यस संस्थाका सञ्चालन सहसचवि दिनेश कुमार चलाउने र कञ्चनपुर उद्योग वाणिज्य संघ का उपाध्यक्ष धर्मसिह रावल लगायत विभिन्न सहकारी पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । किसान बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध रहेका उकृष्ट बचतकर्ता, व्यवसायी, कृषकहरुलाई सम्मान पत्र वितरण गरेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img