आँपको अचारबाट गाँउमै राम्रो आम्दानी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा नन्दा खत्रीले आँपको अचार बिक्रि गरेर राम्रो आम्दानी गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ निवासी नन्दा खत्रीले स्थानियस्तरमा खेर गईरहेको आँपको सदुपयोग गर्दै अचारको नयाँ उद्यम सुरु गर्नु भएको हो । घरमा खाली रहेको बेला आफु र आफ्नो घरपरिवारको सहयोगबाट आँपका अचार बनाई अहिले आएर बिक्रि सुरु गर्दै आएको महिला उद्यमी नन्दा खत्रीले बताउनुभएको छ् । आफ्नै खेतवारीमा रहेको आँपबाट नन्दा खत्रीले यस पटक देखि आँपको अचार उत्पादन गर्न सुरु गरेको बताउनुभएको छ् । गाँउ, बस्तीमा प्रयाप्त मात्रामा सिजनको बेला आँप पाउने भएको हुदा आउदो आँपको सिजनमा अझै ठुला आकारमा अचार उत्पादन गर्ने योजना रहेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो ।

जेष्ठ महिनाबाट अचार बनाउन सुरु गरेको र २ कुन्टल बढी आँपबाट बनेको अचार बिक्रि गरेको महिला उद्यमी नन्दा खत्रीले बताउनुभयो । भारतिय आँपको अचारमा नुनको मात्रा बढी हुने, चाडै खराव हुने हुदा पनि आफुले घरेलु मसाला प्रयोग गरि उत्पादन गरेको आर्गेनिक आँपको अचारले राम्रै बजार पाएको उहाँ बताउनुहुन्छ् । शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष पदमा रहेको कारण सबै संग चिनापरिचय भएको कारण पनि आफुले बनाएको आँपको अचार राम्रै बिक्रि भईरहेको महिला उद्यमी नन्दा खत्री बताउनुहुन्छ् ।

आफुले उत्पादन गरेको आँपलाई सबैले मन पराएको बताउदै बजारिकरण गर्न निकै सहज भएको नन्दाको भनाई रहेको छ् । आँपको अचार बिक्रि गर्न बजार जान नपर्ने घरमा आएर स्थानियहरुले खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

आफु संग आधा केजीको प्लाष्टिक डब्बामा अचार बिक्रि गरि रहेको र खत्री अचार उद्योगले उद्योग दर्ता समेत गरिसकेको नन्दाको भनाई रहेको छ् । नन्दा खत्री पञ्चायती कालका सांसद ईन्द्र बहादुर खत्रीका धर्मपत्नी हुन् ।

ताजा समाचार