कञ्चनपुर : आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट चुनावमा होमिएका छन ।
उनले अहिलेसम्म वडामा काँग्रेस, एमालेले नेतृत्व लिदा पनि जनताको उनै समस्या भएकाले समाधानका लागि आफु चुनावकामा होमिएको छु । अहिलेसम्म चुनाव जितेर वडा हाकेका एमाले काँग्रेसले जनताको आधारभूत समस्या बुझ्न सकेनन, न उनीहरुले विधी पद्दती बसाले, त्यही भएर जनता अहिले पनि दुखि छन । मैले समग्र वडाको समस्या पहिचान गर्दै ति समस्याको अल्पकालिन होईन, दिर्घकालिन समस्या समाधानका लागि योजना ल्याँउछु ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि पर्यटन, शिक्षकको क्षमता विकास गर्नु, वडाका सेवा शिघ्र पारदर्शी, खानेपानी, सडक सुरक्षा, लागु औषध नियन्त्रण, भौतिक पूर्वाधार विकास गर्छु । मैले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्छु, किसानलाई सिँचाईदेखि मलबिउ दिलाउँछु, लागु औषध नियन्त्रण, फोहोरमैला व्यवस्थापन गर्छु, भ्रष्टाचारमुक्त गराउछु ।’