बहुमत क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा बोहरा

कञ्चनपुर: नेकपा बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको अध्यक्षमा जिवन बोहरा चयन भएका छन । सोमबार अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला भेलाबाट बोहराको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटि विस्तार गरेको जनाईएको छ ।

उपाध्यक्ष कृष्ण जाेशी, सचिव भुवन भट्ट, सह सचिव मनिसा भट्ट र काेषाध्यझ मनिस भट्ट लगायत रहेका छन ।अखिल क्रान्तिकारी सुप प्रंदेशका इन्चार्ज सुरेन्द्र धानुकले जिल्लाबाट नयाँ कमिटि विस्तार गरिएको बताए ।

उनका अनुसार अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक बिरेन्द्र नाथको अध्यक्षतामा भएको भेलामा नेकपा बहुमत सुप प्रदेशका इन्चार्ज देवीदत्त पाण्डेय, जिल्ला इन्चार्ज हरिस दयाल सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । बहुमत निकट अखिल क्रान्तिकारीले जिल्लाको शैक्षिक विकृती बिरुद्धमा शसक्त संघर्षमा उत्रिनुपर्नेमा जोडदिईएको छ ।,t

ताजा समाचार