पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘मंसिरे पुर्णिमा जात्रा’ सम्पन्न भएको छ् । नयाँ खाद्यान्न आफूले उपभोग गर्नु भन्दा पहिले देवता र पितृलाई अर्पण गर्ने परम्परा अनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंसिर शुक्लपक्ष अर्थात मंसिरे पूर्णिमा मनाईने गरिन्छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा परम्परागतरुपमा संचालन हुदै आएको ‘मंसिरे पुर्णिमा जात्रा’ बिभिन्न साँस्कृती कार्यक्रम सहित यस वर्ष पनि भव्यताको साथ सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकामा रहेको कमलशा बाबा मन्दिरमा गएर स्थानियबासीहरुले आफुले उत्पादन गरेको अन्न चढाएर वर्षभरी खान पुगोस् भन्ने प्राथना गरि मंसिरे पुर्णिमा पुजा आजा गरि जात्रा मनाउने पौराणिक परम्परा रहेको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । आफ्नो कला, संस्कृति तथा परम्परा प्रबद्र्धन तथा जर्गेना गर्न बिगतका दिनहरु देखि स्थानियबासीहरुले निरन्तरता दिदै आएको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभएको छ् ।
कला, संस्कृति तथा परम्परालाई लोप हुन नदिन स्थानिय सरकारले समेत सघाउदै आएको उहाँले बताउनुभएको छ् । रातीको समयमा जात्राको आयोजना हुने र बिहान कमलशा बाबा मन्दिरमा पुजा पाठ गरि बिभिन्न सास्कृतीक कार्यक्रम गरि मनाउने चलन रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्यसमिति सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । जात्रामा विभिन्न भेषभुष पहिरन गरि नौमती बाजा, पञ्चे बाजा, क्रिकिटी नाच, मयुर नाच लगाएत झाँकी प्रस्तुत गर्ने प्रचलन रहेको छ् । आफ्नो मौलिक तथा धार्मिक संस्कार र संस्कृती झल्काउने गरि साँस्कृती कार्यक्रम सहित ‘मंसिरे पुर्णिमा जात्रा’ सम्पन्न भएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर कार्यसमिति अध्यक्ष राजेन्द्र मल्लले बताउनुभएको छ् ।
यस क्षेत्रमा जात्राको धार्मिक तथा साँस्कृतीक महत्व अत्यन्तै महत्व रहेको बताउदै नगर कार्यसमिति अध्यक्ष राजेन्द्र मल्लले ‘मंसिरे पुर्णिमा जात्रा’ लाई बिभिन्न क्षेत्रमा बस्ने, बिभिन्न जात जातीले आ–आफ्नो तरिकाले मनाउने प्रचालन देखिएको बताउनुभएको छ् । सनातन समाजमा यो पर्व परापूर्व काल देखि मनाउदै यो जात्रामा जनजातीहरुको पनि सहभागीता रहदै आएको नेपाल जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीका नगर सदस्य अमित पुन मगरले बताउनुभएको छ् ।
बिगतका दिनहरुका जात्रामा जनजाती नाँच प्रस्तुत गर्दै आएको भएपनि यसपटक देखि नौमती बाजा लिएर ‘मंसिरे पुर्णिमा जात्रा’ मा सहभागी भएको अमित पुन मगरले बताउनुभएको छ् । धार्मिक गतिविधीहरुले संस्कृति संरक्षण र सामाजिक एकतालाई बढाउनुको साथ देशमा शिक्षा, सीप र कलाको विकासमा योगदान गर्ने बक्ताहरुले जोड दिएका छन् ।
कार्यक्रममा नौमती बाजा, पञ्चे बाजा, क्रिकिटी नाच, मयुर नाच लगाएत झाँकीका सहभागीहरुलाई आयोजक संस्था कमलशा बजार व्यवस्थापन समितिले सम्मान समेत गरेको छ् ।