कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आदिवासी जनजाती समुदायको उत्थानका लागि कटिवद्ध भएर लागेको बताउनु भएको छ । आज शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा नेपाली काँग्रेस प्रदेश सभा (ख) कार्य समिति निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको पार्टीको सय दिने विशेष अभियान कार्यक्रममा मन्तव्य राख्नु हुदै उहाँले चालु आबको बजेटमा आदिवासी जनजाती समुदायको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि बजेट विनियोजन गरिएको बताउनु भयो । आदिवासी जनजातीका युवाहरुलाई स्वरोजगार बनाउनका लागि आयआर्जनमा आधारित कार्यक्रमका लागि यथेष्ट बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो । संस्कृति संरक्षण, व्यवसायीक कार्य संगै पर्या पर्यटनलाई बढावा दिने कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको उहाँको भनाई रहेको छ । उहाँले विकास निर्माणका कार्यलाई तिव्रता दिनका लागि आवश्यकताका आधारमा बजेट परिचालन गरिएको उल्लेख गर्नु हुदै बजेटले नछोएका क्षेत्रमा थप बजेट परिचालनका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संविधानको प्रभावकारी रुपमा कार्यान्वयन गरी संघीयतालाई मजबुत बनाएर लैजानु पर्ने उहाँले बताउनु भयो । नेता र कार्यकर्ताको सम्बन्ध नङ र मासुको जस्तै भएकाले सुमधुर सम्बन्ध कायम गरी पार्टीलाई मजबुत बनाउनु पर्ने धाणा उहाँले राख्नु भयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृप बहादुर वडले टोल देखि जिल्ला सम्म पार्टीलाई चलायमान बनाउनका लागि सय दिने अभियान सञ्चालन गरिएको बताउनु भयो । वर्तमान गठबन्धन सरकारको चर्को आलोचना भएको उल्लेख गर्नु हुदै उहाँले आउदो चुनाव सम्म गठबन्ध कायम रहने बताउनु भयो । प्रतिस्पर्धी पार्टी संग गठबन्धनमा रहेको चर्चा गर्नु हुदै उहाँले त्यो भन्दा जनमत बलियो बनाउनका लागि कार्यकर्तालाई एकवद्ध बनाएर लैजाने कार्यमा जुटनु परेको बताउनु भयो । “नेपाली काँग्रेसले चुनाव एकल रुपमा लडछ” उहाँले भन्नुभयो, “त्यसकै लागि धरातल तयार गर्नका लागि पार्टी कार्यकर्ता विचको सम्बन्ध बलियो बनाउनका लागि अभियान सञ्चालन गरिएको छ ।” पार्टीले पाँच वटा अभियान सम्पन्न गरी छटौं सय दिने अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनु भयो । कार्यक्रममा निर्वाचन क्षेत्र अन्र्तगतका स्थानिय तहका वडाका सभापतीहरुले पार्टी र कार्यकर्ताको सम्बन्ध, विकास निर्माणका कार्य बारे चर्चा गरेका थिए ।

अपाङगता भएका बालबालिकालाई ह्विल चेयर वितरण
शुक्लाफाँटा नगरपालिका ५ वन समितिमा नेपाली काँग्रेस प्रदेश सभा (ख) कार्य समिति निर्वाचन क्षेत्र नं २ ले आयोजना गरेको पार्टीको सय दिने विशेष अभियान कार्यक्रममा अपाङगता भएका बालबालिकालाई एक समारोहका विच ह्विल चेयर वितरण गरिएको छ ।शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले मंगलवार ह्विल चेयर वितरण गर्नु भएको हो ।

शारिरिक अपाङगता भएका हिडडुल गर्न नसक्ने अबस्थाका बालबालिकालाई मन्त्री थापाले ह्विल चेयर वितरण गर्नु भएको पार्टीका प्रदेश सभा (ख) कार्य समितिका सभापती करन सिंह ऐरले बताउनु भयो । ह्विल चेयर रुडुक नेपालका केन्द्रिय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलव्ध गराईएको उहाँले जानकारी दिनु भयो । बेदकोट नगरपालिकाका छ जना र शुक्लाफाँटाका आठ गरी १४ जना शारिरिक अपाङगता भएका बालबालिकालाई ह्विल चेयर उपलव्ध गराईएको छ ।
ह्विल चेयर वितरण गर्नु हुदै मन्त्री थापाले ह्विल चेयरको मद्दतले अपाङता भएका बालबालिकालाई एक ठाउबाट अर्को ठाउमा पुरयाउनका लागि अभिभावकलाई सहज हुने बताउनु भयो । प्रदेशका तर्फबाट पनि अपाङगता भएका व्यक्तिका लागि सहायक सामग्री उपलव्ध गराउने कार्य संगै स्वरोजगार संग जोडनका लागि विशेष कार्यक्रम सञ्चलन गर्नका लागि कटिवद्ध भएर लाग्ने बताउनु भयो ।






