पाटी सभापतिको पक्षमा कञ्चनपुरमा दोस्रो दिनपनि रास्वपाको प्रर्दशन


कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत बिरोध प्रर्दशन गरिएको छ ।रास्वपा कञ्चनपुरले पहिलो दिन शनिबार जिल्ला सदरमुकाम महेन्द्रनगर बजारमा पाटी सभापति लामिछाने पक्राउको बिरोध प्रर्दशन थियो । दोस्रो दिन मंगलबार पनि महेन्द्रनगर बजारमा बिरोध प्रर्दशन गरेका छन ।

रास्वपा कञ्चनपुरका युवा नेता अम्बादत्त जोशीले वर्तमान सरकार (काँग्रेस, एमाले) नेतृत्वको सत्ताधारी पाटीले राजनैतिक प्रतिशोध साँधेको भन्दै बिरोध निलो क्रान्तिको निरन्तरता गरिएको बताए । उनका अनुसार मंगलबार पनि महेन्द्रनगर बजारमा प्रर्दशन गरिएको छ । घण्टी सहित रास्वपा नेता कार्यकर्ताहरुले महेन्द्रनगर बजारमा बिरोध प्रर्दशन गरेका हुन । ‘हाम्रो रवि राम्रो देश प्राण भन्दा प्यारो छ , नडराउनु नबिराउनु रवि दाई जनता तिम्रो साथमा भन्दै प्रर्दशन गरेका थिए । न्याय मार्न पाईदैन’ भनेर नाराबाजी गरेका थिए ।

रास्वपा कञ्चनपुरका नेता कार्यकर्ताहरुले वास्तविक सहकारी काण्डमा काँग्रेस, एमालेकै नेताहरु धनराज गुरुङ्ग, ऋर्षिकेश पोखरेल र नक्कली भुटानी शरणार्थीकण्ड, गिरीबन्धु टि स्टेट सहितका काण्ड सामसुम पार्नका लागि उक्त हतकण्डा गरेको उनीहरुको आरोप छ । रास्वपाका नेता कार्यकर्ताहरुले वाढी विपद्बाट देश रोईरहेका बेला भ्रष्टाचारको बिरोध गर्दा सरकारले नयाँ दल निमोठने कुचेष्टा गरेको आरोप छ । अब निलोक्रान्ति नरोकिने भन्दै रास्वपाले निरन्तर आन्दोलनको चेतावनी दिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img