महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त–०६ वडाले टोल सडक छेउछाउ सरसफाई अभियानलाई निरन्तरता दिएको छ । आईतबार देखि वडा ०६ का कार्यवाहक अध्यक्ष देवकी जोशीले नगरपालिका तथा स्थानिय जनसहभागिताको सहकार्यमा पुनः सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँको सडक छेउछाउ सरसफाई अभियान दशैं पुर्व सञ्चालन गरेको थियो भने आईतबारबाट पुनः अभियानलाई निरन्तरता दिएको कावा अध्यक्ष जोशीले बताएका छन ।

सरसफाइ कार्यक्रम अन्तरगत बैजनाथ टोल देखि शुरु गरेको सरसफाई अहिले कालिका टोलमा हुदै छ भने शिवटोल सम्म जाने योजना रहेको कालिका टोल अध्यक्ष सुरेन्द्र चन्दको भनाई रहेको छ । जनचेतनाको कार्यक्रमहरूलाई अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको वडा अध्यक्ष जोशीले बताउनुभयो ।

वडामा सरसफाइका कार्यक्रमहरूलाई वडा कार्यालयले तिव्रता दिएको छ । सरसफाइका साथै सडक वरपरको झाडी कटान गरिएको वडा अध्यक्ष जोशीले बताउनुभएको छ। साथै उनले सडकमा गाई वस्तु छाड्ने, फोहोर फाल्ने जस्ता कार्य नगर्न वडाबासीलाई अनुरोध समेत गर्नुभएको छ । उहाँले भन्नुभयो ‘फोहोर व्यवस्थापन गर्न सबैले आआफ्नो तर्फबाट हातेमालो गर्न अति आवश्यक छ । सडकमा फोहोर फाल्ने, गाईबस्तु बाँध्ने कार्य नगर्न हामीले आफैबाट सुरुवात गर्न आवश्यक छ ।’ आगामी दिनमा पनि सरसफाइका कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष जोशीको भनाई रहेको छ ।







