सुन्दूरपुरको माटो परीक्षण केन्द्रलाई प्रदेश स्तरिय स्तरोन्नती गछौँ : कृषिमन्त्री थापा

कञ्चनपुर: भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले सुन्दूरपुरको माटो परीक्षण केन्द्रलाई प्रदेश स्तरिय स्तरोन्नती गर्ने बताउनुभएको छ । सोमबार माटो परीक्षण केन्द्रको स्थलगत अनुगमन गर्दै कृषिको बृद्धि विकासका लागि प्रदेश स्तरिय स्तरोन्नती गर्ने बताउनुभएको हो । ‘यो हाम्रो प्रदेशकै एक मात्रै माटो प्रयोगशाला रहेछ, ‘मन्त्री थापाले भने, ‘यसलाई थप स्तरबृद्धि गरेर प्रदेश स्तरिय बनाउन मन्त्रालय तयार छ ।’ बजेट बाटै समस्या समाधान गर्ने मन्त्री थापाले आश्वासन दिएका छन । ‘चालु बजेट बाटै पनि कति सम्बोधन गर्न सकिन्छ, हामी लाग्छौँ, ‘उनले भने, ‘उच्च प्रविधि सहित माटो परीक्षणलाई अनुसन्धान केन्द्रकै रुपमा थप विकास गराउँछौँ ।’ मन्त्री थापाले कृषिमै आत्मनिर्भर सम्बृद्धि प्रदेश सरकारको लक्ष्य अनुरुप अघि बढिरहेको उनले बताए । मन्त्री थापाले कृषि मन्त्रालयले हालसम्म दिएको अनुदानको विवरण समेत सार्वजनिक गर्ने तयारी भईरहेको बताए । ‘यस अघि हामीले कृषिमा कस कसलाई कति अनुदान लिएका रहेछौँ, त्यो बारे पनि छप्रष्ट नागरिकले बुझ्ने गरेर विवरण सार्वजनिक गर्नुपर्छ, ‘उनले भने, ‘त्यसको हामी तयारीमा जुटेका छौँ ।’

कृषिका लागि कर्मचारी आवश्यक भएको बताउँदै मन्त्री थापाले करारमै कर्मचारी भर्ना गरेरै भएपनि प्रदेश सरकारले कृषिका कामकाज अघि बढाउने बताए । ‘हाम्रो मन्त्रालयले केही सुधारात्मक काम गर्न लागेको छ, ‘उनले भने, ‘अब कृषि अनुदानदेखिका सहयोगी कार्यक्रम तलसम्मै लैजान्छौँ ।’ सुन्दरपुरमा रहेको कृषि बाली बिउबिजन केन्द्रका स्थलगन अनुगमन गर्दै मन्त्री थापाले सुन्दरपुरको तालिम केन्द्र, माटो परीक्षण केन्द्र सहितका कृषिको स्तर बृद्धि गर्ने प्रतिज्ञा गरेका छन ।कार्यक्रममा कृषि व्यवसाय प्रर्बद्धन सहयोग तालिम केन्द्र प्रमुख यज्ञराज जोशीले जसरी मानिस बिरामी भएपनि विभिन्न प्रयोगशालाबाट परीक्षण गरेजस्तै बालीमा आउने समस्या अध्ययनका लागि माटोको समेत परीक्षण गर्ने भएकाले यथाशिघ्र माटो परीक्षण केन्द्रलाई समेत स्तरबृद्धि गर्न मन्त्रीको ध्यानाकर्षण गराए । ‘पछिल्ला दिनहरुमा अन्नबालीमा जल्दोबल्दो समस्या छ, माटोको उर्बराशक्ति पनि घटिरहेको छ, ‘उनले भने, ‘बाल सरक्षण आधुनिकरण प्रयोग गर्नुपर्छ ।’

उनले रसायनले ठुलो समस्या निम्तिरहेको भन्दै माटो परीक्षण गर्दै रोग पत्ता लगाएर प्राकृतिक खेती प्रर्बद्धनमा जोडदिए । बरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहराले बाली विकासका लागि माटो परीक्षण गर्नुको विकल्प नभएको बताए । उनले विषादीको सट्टा रसायन भन्दा अर्को विकल्प दिनुपर्नेमा जोडदिए । कृषि प्रशार अधिकृत रामचन्द्र भट्टले बाली विस्तारका लागि माटो परीक्षण गर्दै बिरुवाका लागि चाहिले आवश्यक तत्व आपूर्तिमा जोडदिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत गोबिन्द सिजापतीले चैतेधान,तरकारी, एकीकृत, कृषि, उखुमा आधुनिकरण कार्यक्रम संचालन गरिएको बताए । मन्त्री थापाले कृषिका कार्यक्रम जनतासंग प्रत्यक्ष पु¥याएर कृषि विकासमा जोडदिए । कार्यक्रममा कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख महेन्द्रचन्द्र जोशी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(धान जोन)का प्रमुख सन्जु रिमाल(जोशी)ले कृषिका सेवा बारे समेतमा मन्त्री थापलाई जानकारी गराएका थिए ।

ताजा समाचार