दोधारा चाँदनीमा बृक्षरोपण कार्यक्रम गरि मनाईयो विपी जन्म जयन्ती

दोधारा । नेपाली कांग्रेस दोधारा चाँदनीले विपी कोइरालाको १११ औं जन्मजयन्ती मनाएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिको आयोजनामा बृक्षरोपण गरि नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विशेश्वर प्रसाद कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको छ् । नेपाली कांग्रेसको विपी स्मृती भवन दोधारा चाँदनीमा एक कार्यक्रमको बिच बृक्षरोपण गरि विपी कोइरालाको १११ औं जन्म जयन्ती मनाईएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् । औपचारिक कार्यक्रममा विपीको सम्झना र विपी वादको बारेमा छलफल गरिएको छ् । जननायक विपी कोइरालाको तस्बिरमा अविर माला गरी संगै श्रद्धासुमन व्यक्त गरिएको छ् ।

विपीको विचारबाट प्रेरित कांग्रेसहरुले बिचारलाई आत्मसात गरेर निस्वार्थ ढङ्गले जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । विपीको बिचार र नेपाली राजनीतिमा पुर्‍याएको अतुलनीय योगदान वर्तमान समयमा पनि उत्तिकै महत्वपूर्ण रहेको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । प्रजातन्त्रको स्थापना, राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक स्थापना नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै लोकतन्त्र/गणतन्त्रको रक्षाका लागि कटिबद्ध भएर लाग्नुपर्नेमा नगर सभापती राजेन्द्र मल्लले जोड दिएका छन् ।

नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले बिपीले दिएको बिचार र सिद्धान्त नेपाली कांग्रेसको मार्गदर्शन भएको बताउनुभयो । नेपालमा प्रजातन्त्रको स्थापना, जहानियाँ राणा शासनको अन्त्यका लागि बिपीको योगदान महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो ।

लोकतन्त्र, समाजवाद र प्रजातन्त्रको स्थापनाका लागि बिपि कोईरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली काग्रेंस कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभापती पुष्कर दत्त जोशीले उच्च सम्मान व्यक्त गर्नुभएको छ् ।

कार्यक्रममा विपी स्मृती भवन हातामा बिभिन्न जातका बिरुवा रोपिएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् ।

 

ताजा समाचार