धन सिंह धामी /कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा देखि जिल्ला कार्यसमिति पुर्नगठन तयारी केन्द्रको समयतालिका अनुरुप वृहत छलफल तथा पुर्व तयारी अघि बढेको छ । मंगलबार कैलालीको टिकापुर क्षेत्र नम्बर १ मा क्षेत्रीय भेला तथा तीज बिशेष कार्यक्रममा सितला शाहीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी प्रमुख अतिथी रहनु भएको थियो भने बिशिष्ट अतिथीमा केन्द्रिय सदस्य बिरेन्द्र बम,जिल्ला अध्यक्ष होम बहादुर गुरुङ लगायतको सहभागितामा बिषेश छलफल भेला सम्पन्न गरिएको हो । कैलालीको टीकापुर क्षेत्र न.१ बाट जिल्ला भरी केन्द्रको निति अनुरुप सबै क्षेत्रमा कार्य अघि बढेको सुरुवाती स्वरुप पानसमा दिप प्रज्वलन गरी कार्यक्रम उदघाटन प्रमुख अतिथि जोशीले गर्नु भएको थियो ।
आयोजित कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशीले कार्यकर्ताहरुलाई प्रशिक्षणका रुपमा केन्द्रिय निति र संगठन बिस्तार गर्ने रणनीति अनुरुप पार्टी अघि बढ्ने र सम्पुर्ण सदस्यहरुले आफ्नो जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्नु पर्ने धारणा राख्नुको साथै पार्टी प्रति आस्थावान साथिहरुलाई पनि पार्टीमा जोडेर अघि बड्नु पर्ने कुरामा जोड दिएका थिए ।
राप्रपाको केन्द्रिय कमिटिबाट वडा देखि जिल्लाको सुदृढिकरण र पुर्नगठन समय तालिका आए लगतै सुदूरपश्चिम प्रदेश अध्यक्षले आफ्नो जिल्लामा कार्यकर्ता भेटघाट र बिशेष केन्द्र निति र संगठन विस्तारको कार्यक्रमलाई तिव्रता दिएका छन । नगरको छलफल भेलामा केन्द्रिय सदस्य बिरेन्द्र बमले पार्टीले आफुलाई दिएको जिम्मेवारी पुर्ण रुपमा पालना गर्ने संगठन बिस्तारको क्रममा सबै क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन।
क्षेत्रीय भेलामा कैलाली जिल्ला अध्यक्ष गुरुङले सम्पुर्ण क्षेत्रमा केन्द्र निर्देशन अनुसार समयमै संगठन बिस्तार र नयाँ आगन्तुक सदस्यहरुलाई जोडेर लैजाने र राप्रपाको आफ्नो एजेण्डा मजबुत बनाउनमा आफुले कुनै कसर नछाड्ने प्रतिवद्धता जनाएका छन। यसैगरी क्षेत्र न.१ का क्षेत्रीय अध्यक्ष लोकेन्द्र कुवँरले आफ्नो क्षेत्रका वडाहरुमा संगठनलाई बलियो बनाउदै आउदो स्थानीय निर्वाचनमा सन्तोष जनक जित हासिल गर्नमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनु भएको थियो।
यसै गरी जिल्ला तथा नगरहरुको छलफल भेलामा सुदूरपश्चिम प्रदेश अध्यक्ष जोशी लगायत केन्द्रिय सदस्य,प्रदेश सदस्य, जिल्ला,क्षेत्रीय,नगर,वडाका अध्यक्ष, सदस्य लगायत नव पार्टी प्रवेश सदस्यहरुको साथमा वृहत छलफल कार्यक्रम गरिएको थियो । उक्त भेलामा बिभिन्न राजनितिक दलका क्रियाशील सदस्य लगायत नव प्रवेशी सदस्य ४८ जनाले पार्टी प्रवेश गरेका थिए । नव आगन्तुक सदस्यहरुले राप्रपाको एजेण्डा स्थापित गर्न अहिले देखिनै आ–आफ्नो जिम्मेवारीमा अटल रहि आफुहरुलाई बिश्वास गरी पार्टीले आबद्ध गरेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्र हितमा पार्टीको लागि काम गर्ने बताएका छन ।