निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर सञ्जिवनी नेपालद्वारा गृहमन्त्री लेखकलाई ज्ञापन

कञ्चनपुर, :कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिक गर्न माग अघि सारेर ुसञ्जिवनी नेपालले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार महेन्द्रनगरमा सञ्जिवनी नेपालले १३ बर्षिया निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिक गर्न माग अघि सारेर ुसञ्जिवनी नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको हो ।

महिलाको हक अधिकारका क्षेत्रमा कार्यरत सञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले ६ बर्ष अघि बलात्कार गरी हत्या गरिएकी कञ्चनपुरकी छोरीका हत्यारा यथाशिघ्र पत्ता लगाई कानुनी दायरमा ल्याउनुपर्ने माग अघि सारेर गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएको बताईन । महिला, बालबालिका, किशोरीमाथि हुने हत्या,हिन्सा, बलात्कारका घटना रोक्नुपर्ने माग अघि सारेर सुरक्षाकर्मी सहित सिसिटिभी क्यामेराको माग अघि सारिएको छ । ठेला, फुटपातमा कार्यरत महिलाको व्यवसायिक सुुरक्षा व्यवस्था हुनुपर्ने, हरेक क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिता गराईनुपर्ने, वन, उर्जा र दैनिक सरोकारवाका पक्षमा महिलाको सुरक्षा व्यवस्थाको माग अघि सारिएको छ ।

हरेक क्षेत्रमा महिला असुरक्षित बनिरहेका बेला राज्यका तर्फबाट गृह मन्त्रालयले आवश्यक पहलकदमी लिनुपर्नेमा जोडदिईएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले महिलाको ुसुरक्षाका विषयमा उठान गरेका विषयमा मन्त्रालय गम्भिर भएर अघि बढ्ने बचन दिएको सञ्जिवनी नेपालले जनाएको छ । विगतदेखि नै सञ्जिवनी नेपालले निर्मला हत्याकाण्डका वास्तविक दोषि कानुनी कठघरमा उभ्याई भावि दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सचेत गराईरहेको छ ।

ताजा समाचार