कलुवापुरमा तीन दिने देउडा विशेष कार्यक्रम

झलारी : गौरा तथा तीज पर्वको अवसर पारेर शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा शनिवार देखि तीन दिने देउडा विशेष कार्यक्रमको आयोजना गरिएको छ । वडा कार्यालय र दातृ निकायको संयुक्त आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रको उद्घाटन वडा अध्यक्ष शेर बहादुर साउदले गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै उहाँले सुदूरपश्चिमको मुख्य देउडा संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । देउडाका मौलिक गीतहरु हराउदै जान थालेका छन उहाँले भन्नुभयो, त्यसको जगेर्ना गर्न अत्यन्त आवश्यक छ ।
निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले पुरानो रितितिथी र संस्कार संग जोडिएका कुराहरुलाई बचाई राख्न युवा पिढीहरुले अगाडी सर्नु पर्ने बताउनु भयो । देउडा कार्यक्रम आयोजना गर्दा संस्कृति जोगिन्छनै उहाँले भन्नुभयो, यसबाट नयाँ पिढीका युवाहले संस्कृति बारे बुझने र जान्ने अवसर प्राप्त गर्दछन ।
बरिष्ठ देउडीया अम्बादत्त जोशीले देउडाका पुराना भाकाहरुलाई सबैले मिलेर जोगाउनु पर्ने बताउनु भयो .।

समाजसेवी भक्तराज जोशीले पुरानो संस्कृतिलाई पुस्तान्तरण गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता उत्तमराज भट्ट, वडा सदस्य, निवर्तमान वडा सदस्य शिवराज भट्ट, अधिवक्ता उद्धवराज भट्ट, श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐर, देउडीया दिल्लीराज पनेरु, दुर्गा भट्ट, देउडा गायक करन सिंह ऐर, समाजसेवी, संस्कृति प्रेमीहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।

 

ताजा समाचार