अखिल क्रान्तिकारी बेलौरी नगरको अध्यक्षमा चौधरी

कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बेलौरी नगरको अध्यक्षमा प्रभुनारायण चौधरी चयन भएका छन । शनिबार सम्पन्न भएको अखिल क्रान्तिकारी बेलौरी नगरको दोस्रो नगर भेलाले अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सह संयोजक दल बहादुर धामी(अबिरल)ले सहमतीय आधारमा क्रान्तिकारी बेलौरी नगरको कमिटि विस्तार गरिएको बताए । उपाध्यक्ष सरस्वती तिरुवा, नारायण राना, पार्वती भट्ट, सचिव भोजराज एसके सहितका ३१ सदस्य रहेका छन ।

अखिल क्रान्तिकारी नगर भेलामा माओवादी केन्द्र र अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार