सेमिफाइनलका खेल सम्पन्न, भोलि फाइनल

उपाधिका लागि बेलडाँडी फुटबल एकेडेमी 'ए' र झिलमिला युवा समाज 'बि' भिड्ने

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगितामा सेमिफाइनलका खेल सम्पन्न भएका छन्।

भाद्र १२ गते भएका सेमिफाइनलका पहिलो खेल चिफ एण्ड बेस्ट र बेलडाडी फुटबल एकेडेमी ‘ए’ बिच भएको थियो। उक्त खेलमा दुबै टिमले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछी ट्राइबेकरमा बाट निर्णय लगेको थियो। जसमा ५-४ गोलको अन्तरले चिफ एण्ड बेष्ट लाई हराउदै बेलडाँडि फुटबल एकेडेमी ‘ए’ फाइनल प्रवेश गरेको छ।

समूह ‘ए’ तर्फ झिलमिला ‘बि’ र प्रगती एकता समाज बिच भएको दोस्रो सेमिफाइनल खेलमा झिलमिला युवा समाज ‘बि’ ले १-० गोलको अन्तरले प्रगति लाई हराउदै फाइनल प्रवेश गरेको हो।
फाइनल खेल भोलि दिउँसो २ बजे झिलमिला युवा समाज र बेलडाँडी फुटबल एकेडेमी ‘ए’ बिच प्रतिस्पर्धात्मक खेल हुने छ। उक्त खेलमा जित निकाल्ने टिम सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बन्ने छ।

च्याम्पियन टिमले ८१ हजार ट्रफी प्रमाणपत्र ,मेडल र उपविजेता टिमले ४५ हजार नगद ट्रफी प्रमाणपत्र ,मेडलमा चित्त बुझाउने छन्। प्रतियोगिताका विभिन्न उत्कृष्ट विधाका खेलाडीले आकर्षक पुरस्कार हात पार्ने छन्। प्रतियोगिता भाद्र ०७ गते देखि सञ्चालन भएको थियो भने १६ बाहिरको र १ आयोजकको टिम लगाएर १७ टिमको सहभागिता रहेको थियो।

ताजा समाचार