बेलडाँडीमा बेलखेती अभियान : पहिलो चरणमा साढे चारसय बिरुवा रोपिए

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा गत असारदेखि शुरु गरिएको बेलखेती अभियानको पहिलो चरण समापन गरिएको छ । बेलडाँडी २ नवजागरण टोलका स्थानीय अगुवा युवा गोकर्ण जोशी (निश्चल)ले गाँउमा बेलखेती अभियान शुरुवात गरेका थिए । पहिलो चरणमा साढे चारसय बेलका बिरुवा रोपिएको जनाएका छन । बेलडाँडीको नाम बेलखेतीबाटै नामाकरण भएको गाँउको ईतिहास, भूगोलको पहिचान र बेलखेती प्रर्बद्धनका लागि बेलखेती अभियान शुरुवात गरेका थिए । बेलडाँडीका अगुवा युवा गोकर्ण जोशी (निश्चल)ले प्राकृतिक रुपमा बेलखेती भएको सिद्धनाथ बैजनाथ मन्दिरको प्राङगणमा बिरुवा रोपेर अभियान शुरुवात गरिएको बताउँदै उनले पहिलो चरणमा साढे ४सय बिरुवा विभिन्न सार्वजनिक स्थानमा रोपिएको बताए ।

‘यो बेलखेती बेलडाँडीको पहिचानसंग जोडिएको छ, ‘उनले भने, ‘हामीले गाँउको पहिचान, बेलको प्रर्बद्धनका लागि यो अभियान शुरुवात गरेका हौँ ।’ उनले गाँउमा बेलखेती अभियान शुरुवातका लागि एक किसान सय रुपैया अभियान संचालन गरेको बताए । उनले गाँउकै किसान खडक थापाको नर्सरीबाट बेलका बिरुवा खरिद गरेर सार्वजनिक स्थल सहितका व्यक्तिका खेतमा रोपिएको बताए । अभियान अन्र्तरगत २३ हजार २सय रुपैया संकलन भएको र ९ हजार ५सय खर्च भएको र बाँकी १३हजार ७सय बचत रहेको उक्त रकम अर्को अभियानमा खर्च गरिनेछ ।

ताजा समाचार