कञ्चनपुर : शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका सफल पार्नका लागि बेलडाँडीका दु्ई युवाले आर्थिक सहयोग गरेका छन । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडीका दुई युवाले आर्थिक सहयोग गरेका हुन ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि खेलकुदप्रेमी समेत रहेका बेलडाँडीका स्थानीय युवा एव पुर्व फुटबल खेलाडी हाल रोजगारीका सिलसिलामा भारतमा रहेका सुरेश घटालले २ हजार ५२५ र हाल दुबईमा रहेका खेमसिह घटालले २ हजार ९१६रुपैया आर्थिक सहयोग गरेका हुन । यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ ।
क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।
