सशस्त्र प्रहरीद्वारा दुई दिनमै साढे १८लाखको अवैध समान बरामद

कञ्चनपुर: सशस्त्र प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट दुई दिनमै साढे १८लाख बराबरको अवैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गण मातहत रहेका बोर्डर आवट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले दुई दिनकै अवधिमा साढे १८लाख बराबरको अवैध समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणका अनुसार जिल्लाका विभिन्न नाकाहरुबाट दुई दिनकै अवधिमा हार्डवेयर सहितका विभिन्न भन्सार चोरीछली गरेका अवैध समान बरामद गरेर भन्सार चलान गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी)खगेन्द्र चन्दले सशस्त्र प्रहरी कञ्चनपुरको कमाण्डिङ्ग सम्हालेपछि भन्सार चोरीछली तस्करी बिरुद्धमा निरन्तर कार्बाही बढाएका छन ।

विगतमा सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी, भन्सारसग अनुचित सेटिङ्गदेखि छलेर भारतबाट समान तस्करी गर्ने तस्कर अहिले सशस्त्र प्रहरी देख्यो कि त्रसित हुँदै समान छाडेर फरार भईरहेका छन ।

ताजा समाचार