कञ्चनपुर: कञ्चनपुरका डा. कृष्णदत्त जोशी(बोक्सर) सुदूरपश्चिम विश्विद्यालय सभा(सिनेट) सदस्यमा मनोनित भएका छन । भीमदत्त नगरपालिका ५ बनगाँउ महेन्द्रनगर कञ्चनपुर निवासी (बोक्सर) सुदूरपश्चिम विश्विद्यालय सभा(सिनेट) सदस्यमा मनोनित भएका हुन ।
बोक्सरलाई शिक्षाप्रेमी एव समाजसेवीबाट सुप विश्विद्यालय सभाले १० भदौँमा सदस्य मनोनित गरेको जनाईएको छ । पुर्व सामुदायिक विद्यालयका शिक्षक समेत रहेका बोक्सर कोरोना महामारीका बेला महाकाली प्रादेशिक अस्पतालको अध्यक्ष भई उल्लेख्यनिय काम गरेर प्रसंसा पाएका थिए । तत्तालिन नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठनका प्रभावशाली नेता समेत रहेका बोक्सरलाई उतिबेला माओवादीले अस्पताल व्यवस्थापनको जिम्मेबारी दिएका थिए ।
पाटीले दिएको जिम्मेबारी अनुरुप बोक्सरले आफ्नो पाटीको मर्म अनुरुप जनताको सेवा मात्रै होईन अस्पताल रेर्फर सेन्टरबाट अस्पताल जस्तो बनाएको भन्दै अहिले पनि नागरिकले उनको पक्षमा प्रसंसा गर्दै आएका छन ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका तत्तकालिन प्रभावशाली नेता समेत रहेका बोक्सर अहिले भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर माविका अध्यक्ष समेत रहेका बोक्सर ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीका तर्फबाट भीमदत्त नगरको उपमेयरमा चुनाव लडेर राम्रो जनमत ल्याएका थिए । आर्थिक, शैक्षिक रुपमा बदनामित भईरहेको सुप विश्वविद्यालय बोक्सर जस्ता पारदर्शी, ईमान्दार एव कर्तव्य निष्टको प्रवेससंगै विश्वविद्यालयले गति लिने प्राध्यापक, कर्मचारी, विद्यार्थी संघ संगठनहरुको धारणा व्यक्त गरिरहेका छन ।
सुप विश्वविद्यालय सिनेट सदस्य भएका डा. कृष्णदत्त जोशी(बोक्सर)ले आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै सुप प्रदेश(कञ्चनपुर)मा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालय सुधारका लागि प्रतिबद्धता जाहेर गरेका छन । बोक्सर न आफु घुस खान्छन न अरुलाई खान दिन्छन । बोक्सरको यस्तो पादरर्शी विशेषता भएपनि नागरिकले पनि उनीप्रति आशा, भरोसा एव विश्वास राख्दै आएका छन । बोक्सरको सुपविमा ईन्ट्री भएपछि त्यहाँभित्र हुने भईरहेको महाबेथिति अन्त्यको समेत विश्वास राखेका छन ।