कञ्चनपुर : शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका सफल पार्नका लागि बेलडाँडीको एक निजी विद्यालय र एक समाजसेवीले आर्थिक सहयोग गरेका छन । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडी १को सगरमाथा शिक्षा एकेडेमी र समाजसेवी रण बहादुर सिहले आर्थिक सहयोग गरेका हुन ।

अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि खेलकुदप्रेमी समेत रहेका बेलडाँडीका समाजसेवी रण बहादुर सिहले १ हजार ६सय र सगरमाथा शिक्षा एकेडेमीका प्रिन्सिपल गोरख बहादुर चन्दले ५ हजार आर्थिक सहयोग गरेको बताए । यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।

