कञ्चनपुर: शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका लागि बेलडाँडीका पाँच युवाले आर्थिक सहयोग गरेका छन । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडी घर भई हाल जिल्ला बाहिर तथा विदेशमा रहेका पाँच युवाले आर्थिक सहयोग गरेका हुन ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि खेलकुदप्रेमी समेत रहेका बेलडाँडीका पाँच युवाले आर्थिक सहयोग गरेको बताए । अध्यक्ष बलायरका अनुसार समाजसेवी एव सनलाईट लौन्ड्र धनगढीका संचालक सुर्जन बोगटीले ३ हजार १५०, समाजसेवी एव हाल धनगढी बस्दै आएका नवराज रोकायाले १ हजार ५५०, पुर्व खेलाडी समेत रहेका हाल अष्ट्रेलियमा रहेका महेशजं कुँवरले ४ हजार १२, पुर्व खेलाडी एव हाल दिल्लीमा रहेका देवेन्द्र शाहले ३ हजार २३२रुपैया र समाजसेवी एव हाल दाउदी अबरमा रहेका शंकर भट्टले २ हजार ५सय रुपैया आर्थिक सहयोग गरेका छन ।
यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।